७ फाल्गुन, झापा । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा झापाको कमल गाँउपालिकामा वृहत सरसफाई कार्यक्रम सम्मपन्न भएको छ । ६० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको दिन आज कमल गाउँपालिका ५ मंगलवारे वजारदेखि पाडाजुंगी चौंक सम्मको सडक तथा वजार क्षेत्रमा सरसफाई गरिएको हो ।
वडा कार्यालय तथा नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको समन्वय स्थानीय स्मारिका सामुदायिक बोर्डिङ स्कुलको जुनियर रेडक्रस सर्कलको आयोजनामा सो सचेतनामूलक सरसफाई कार्यक्रमसम्पन्न भएको हो । सरसरफाईमा विद्यार्थीसहित स्थानीय सामाजिक संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथ रेडक्रस उपशाखा सभापति चन्द्र शाहले जुरेसकी अध्यक्ष आशिका भटटराईलाई ग्लोव मास्क दिएर सरसफाई कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।