१ चैत्र, इलाम । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन कुनै पनि हालतमा हुनु पर्नेे अनेरास्ववियूका केन्द्रिय सह–संयोजक रन्जित तामाङ्ले बताउनुभएको छ । अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिटी इलामले आज आयोजना गरेको स्वगत कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपाली विद्यार्थी आन्दोलनको एक उपलब्धी स्ववियु निर्वाचन आजको अपरिहार्यता रहेको तामाङ्ले कार्यक्रममा बताउनुभयो ।
कार्यक्रममा अर्को प्रसङ्गमा बोल्दै उहाँले स्ववियुको निर्वाचनबाट नेपाल विद्यार्थी संघ डराएर भाग्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अघिल्ले बर्ष देखी हामीले नेवि संघलाई चुनावकालागि पर्खिरहेका छाँै । यो बर्ष पनि नेवि संघले एक महिनाको समय मागेको छ ।’ उहाँले थप्नुभयो ‘हामीले नेवि संघलाई एक महिनाको समय दिएका छौँ तर एक महिनाको समय भन्दै नेवि संघ चुनावी मैदानबाट भाग्न पाउदैन ।’ नेपालको शैक्षिक क्षेत्रसंग प्रत्यक्ष सरोकार राख्ने मुख्य संस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कुनै पनि हालतमा हुनु पर्ने सह–संयोजक तामाङ्को जोड थियो । ‘नेवि संघ यो वा त्यो वाहानामा स्ववियुको निर्वाचनबाट पछि हटे अनेरास्ववियू चुप लागेर बस्दैन । हामी कुनै पनि हालतमा निर्वाचन गराएरै छाड्छौ, विद्यार्थी साथीहरु ढुक्क हुनुहोस् ।’ सह–संयोजक तामाङ्ले भन्नुभयो ।
स्ववियुमा लागु भएको उमेर हदवन्दीको कारणले पनि नेवि संघ चुनावी मैदानमा उत्रन नसकेको सह–संयोजक तमाङको भनाई थियो । ‘यो बर्ष चौत महिनाको दोस्रो सातामा भए पनि स्ववियुको निर्वाचन हुन्छ, हामी गराएरै छाड्छाँै ।’ सह–संयोजक तमाङले भन्नुभयोः ‘नेवि संघ वि.पि. को सिद्धान्तलाई मान्छ भनेः लोकतन्त्रको सुन्दर पक्ष जित र हार हो भन्ने कुरोमा विश्वास राख्छ भने नेवि संघ मैदानमा उत्रन म चेतावनी दिन्छु ।, आउनुहोस् राजिव जि मैदानमा ।’
अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिटी इलामले आयोजना गरेको स्नातक प्रथम बर्षको विद्यार्थी स्वागत कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य ओसिम आलम, शन्धिभक्त शंकर, अनेरास्ववियू केन्द्रिय निर्वाचन आयोग सदस्य ईश्वरी तामाङ, अनेरास्ववियू ईलाम संम्योजक प्रवेश पराजुली, सह–संकयोजक विपिन पाख्रेल लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।