१ चौत्र, इलाम । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रिय सदस्य वासिम आलमले नेपाल विद्यार्थी संघका सभापती राजिव ढुङ्गानालाई महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा आफुसंग चुनावी मैदानमा उत्रन चेतावनी दिनुभएको छ । अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले स्नातक प्रथम बर्षको विद्यार्थीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा आलमले यस्तो चेतावनी दिनुभएको हो । ‘यो वा त्यो वहानामा नेवि संघ चुनाव नगराउने मनसायमा रहेको कुरो स्पष्ट छ ।’ आलमले भन्नुभयोः ‘राजिव जि लाई म खुल्ला रुपमा यो मञ्चबाट चुनौती दिन्छु, आउनुहोस् हामी दुई यो क्याम्पसमा चुनावी मैदानमा लडौँ ।’
नेपालको विद्यार्थी आन्दोलनको मसिह ठान्ने नेपाल विद्यार्थी संघ अहिले भ्रष्टाचारी नेता बचाउन लागी परेको भन्दै नेता आलमले नेवि संघको कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयोः ‘महरा पक्राउ पर्दे गर्दा के हामीले त्यसको विरोध गर्योँ ? के अव नेवि संघले सम्मानित अदालतको निर्णयलाई नमान्ने ?’ उहाँले थप्पनुभयो ‘अव यो वा त्यो वाहानामा स्ववियुको निर्वाचनबाट नेवि संघ भाग्न पाउदैन ।’
अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिटी इलामले आयोजना गरेको स्नातक प्रथम बर्षको विद्यार्थी स्वागत कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य ओसिम आलम, शन्धिभक्त शंकर, अनेरास्ववियू केन्द्रिय निर्वाचन आयोग सदस्य ईश्वरी तामाङ, अनेरास्ववियू ईलाम संम्योजक प्रवेश पराजुली, सह–संकयोजक विपिन पाख्रेल लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।