दुहवी नगरपालिकाको राहत कोषमा प्रदेश सांसद बस्नेतद्धारा खाद्यान्न सहयोग

५ बैशाख, सुनसरी । सुनसरीको दुहवी नगरपालिकालाई प्रदेश नं. १ का सांसद निलम बस्नेतले खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । सांसद बस्नेतले दुहवी नगरपालिकाको राहत कोषका लागी खाद्यान्न सामग्री नगर प्रमुख बेदनारायण गच्छदारलाई हस्तान्तरण गर्नुभएको हो । विश्व महामारीको रुपमा फैलिदै गएको कोभिड–१९ को संम्भावित संक्रमणको जोखीमलाई लिएर सरकारले करिव तिन साता देखी लकडाउन लगाएको छ । लकडाउनको समयमा गरीब र न्युन आय भएका वर्गकालागि राहत मिलोस भन्ने ध्येयका साथ..

तिन साता लामो लकडाउनका कारण च्याउ कृषक मर्कामा

५ बैशाख, झापा । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संम्भावित सङ्क्रमणलाई रोक्न सरकारले लागू गरेको लकडाउनका कारण झापाका च्याउ किसान मर्कामा परेका छन् । लाखौं रुपैयाँको लगानीमा गरिएको खेतीबाट उत्पादन भएका च्याउ लकडाउनका कारण बजारसम्म पुर्याउन नसक्दा उनीहरु मर्कामा परेका हुन् । च्याउ उत्पादक किसान सङ्घ झापाका संयोजक ज्ञानेन्द्र प्रसाद गौतमका अनुसार तिन साता लामो लकडाउनका कारण उत्पादित च्याउ बजारसम्म पुर्याउन नसक्दा दर्जनौ च्याउ किसान मर्कामा परेका..

गस्ति र पेट्रोलिङ संगै सचेतना फैलाउदै पेल्टीमारी प्रहरी चौकी

५ बैशाख, इलाम । चुलाचुलीमा प्रहरी चौकी पेल्टीमारीले गस्ति, पेट्रोलिङ संगै विभिन्न कुरिती तथा विकृती विरुद्धका रचनात्मक कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संञ्चालन गर्न सुरु गरेको छ । पछिल्लो समय शुरक्षा अवस्था सामान्य हुँदै गएको चुलाचुलीमा प्रहरीले दैनिक रुपमा गर्ने गस्ति, पेट्रोलिङ बाहेक विभिन्न सामाजिक सचेतनामुलक कार्यहरुलाई पनि निरन्तर रुपमा संञ्चालन गर्न सुरु गरेको हो । चुलाचुली ३ मा रहेको प्रहरी चौकी पेल्टीमारीले चालू आर्थिक बर्षको कार्तिक महिना यता लागू औषध न्युनिकरण..

पूर्वको पशुपतिनाथ भनिने झापाको अर्जुनधारा धाममा ५४ वर्षपछि ताल्चा लाग्यो

५ बैशाख, झापा । कोरोना भाइरसका (कोभिड १९) कारण पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वधममा पहिलो पटक ताल्चा लागेको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमण जोखिमका कारण ५४ वर्षपछि पहिलो पटक धामको गेट मै ताल्चा लागेको हो । अर्जुनधारा जलेश्वरम सञ्चालक समितिका अध्यक्ष नविन गट्टानका अनुसार धामको स्थापनापछि पहिलो पटक गेटमै ताल्चा लगाउनुपर्ने अवस्था आएको हो । धाममा नियमित रुपमा हुने नित्य कर्म भने जारी..

इलामको माईजोगमाईमा १० जनाको र्यापिड टेस्ट, सवैको रिपोर्ट नेगेटिभ

४ बैशाख, इलाम । इलामको माईजोगमाई गाउँपालिकामा कोरोना भाइरस सम्वन्धी र्यापिड टेस्ट सुरु भएकोे छ । गाउँपालिकाको कार्यालयमा आजबाट सुरु सुरु भएको टेस्टमा हालसम्म १० जनाको टेस्ट गरिएको छ । जसमा २ जना स्पेनिस र भारतिय नागरीक रहेका छन् । अन्य ८ जना विभिन्न देशबाट घर आएका स्थानियहरु रहेका छन् । टेष्टबाट कसैमा पनि कोरोनाको संक्रमण पोजेटिभ नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वृजकुमार दासले जानकारी दिनुभएको छ । महामारी रोग..

तेह्रथुममा घास काट्ने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

४ बैशाख, तेह्रथुम । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा घास काट्ने क्रममा भिर लडेर आज एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका वडा नं. १ का ३१ बर्षिया दुर्गाबहादुर तामाङ नाम गरेको युववको घाँस काट्ने क्रममा लडेर मृत्यू भएको फेदाप १ का वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । परिवारका अनुसार मृतक तामाङ बिहान ६ बजेतिर घाँस काट्न जंगल गएका थिए । भिरालो भागमा रहेको घाँस काट्ने क्रममा चिप्लिएर करिब ६०..

चुलाचुली गाउँपालिकाले दोस्रो चरणमा ७ सय ५४ विपन्न परिवारलाई खाद्यान्न राहत बाढ्यो

४ बैशाख, इलाम । महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड १९)को संम्भावित संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका नागरीकहरुलाई चुलाचुली गाउँपालिकाले आज दोश्रो चरणको राहत वितरण गरेको छ । गाउँपालिकामा रहेका जम्मा ७ सय ५४ विपन्न परिवारलाई दोश्रो चरणमा खाद्यान्न राहत वितरण गरिएको चुलाचुली गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत काजिमान राईले बताउनुभयो । वन, वातावरण तथा विपद् व्यवस्थापन समिती चुलाचुलीका संम्योजक तथा वडा नं. १ का अध्यक्ष पुर्ण..

माेरङकाे टाँडीमा रहेकाे क्वारेन्टिनबाट ९९ जना घर फर्किए

माेरङ, ४ वैशाख । माेरङकाे टाडीमा १ नम्बर प्रदेश सरकारले तयार पारेको क्वारेन्टिनबाट बिहीबारसम्म ९९ जना घर फर्किएका छन् । लकडाउनअघि झापाको काकडभिट्टा र मोरङको रानी नाकाबाट नेपाल प्रवेश गरेका र विदेशबाट फर्किएका प्रदेश १ का वासिन्दालाई उक्त क्वारेन्टिनमा राखिएको थियो । काेराेना परिक्षण गर्दा रिपाेर्ट नेगेटिभ देखिएपछि घर पठाउन थालिएकाे हाे । क्वारेन्टाइनस्थल व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले घर फर्कने व्यक्तिलाई उसको स्थायी ठेगाना भएको स्थानीय तहको जिम्मा लगाएको..

किटद्धारा चुलाचुलीमा ५ जनाको कोरोना परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

४ बैशाख, इलाम । चुलाचुली गाउँपालिकामा कोरोना भाइरस संक्रमणको आशंकामा ५ जनालाई र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । परीक्षण गरिएका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको चुलाचुली स्वास्थ्य शाखाका प्रमुख दुस्यान्त दाहाले जानकारी दिनुभएको छ । उहाँका अनुसार चुलाचुली गाउँपालिकामा होम क्वारेन्टाइनमा ११ जना, गाउँपालिकाको सामुदायिक क्वारेन्टाइनमा ३ जना गरी जम्मा १४ जनालाई राखिएको छ । क्वारेन्टाईनमा राखिएका सवैजसो व्यक्तिहरु केही साता अगाडीमात्र विदेशबाट फर्किएका हुन्..

कोरोना संक्रमणको आशंका गरीएकी एक महिलाको विपि प्रतिष्ठान धरानमा मृत्यु

४ बैशाख, सुनसरी । धरान उपमहानगरपालिका वडा नं. ११ की एक महिलाको कोरोना भाइरस संक्रमणको आशंका उपचारको क्रममा मृत्यु भएको छ । धरान स्थित वडा नं. ११ मा बस्दै आएकी ४५ बर्षिया खड्गमाया कार्मीले आफूलाई ज्वरो आएको र स्वास फेर्ने गाह्रो भएको भन्दै कोभिड–१९ को आशंकमा धरान वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचारको गराउन आएकी थिईन् । सोही उपचारको क्रममा आज उनको मृत्यु भएको हो । यता चिकित्सकहरुले भने कार्कीको स्वाब..