तेह्रथुममा घास काट्ने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

तेह्रथुममा घास काट्ने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

४ बैशाख, तेह्रथुम । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा घास काट्ने क्रममा भिर लडेर आज एक युवकको मृत्यु भएको छ ।

फेदाप गाउँपालिका वडा नं. १ का ३१ बर्षिया दुर्गाबहादुर तामाङ नाम गरेको युववको घाँस काट्ने क्रममा लडेर मृत्यू भएको फेदाप १ का वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

परिवारका अनुसार मृतक तामाङ बिहान ६ बजेतिर घाँस काट्न जंगल गएका थिए । भिरालो भागमा रहेको घाँस काट्ने क्रममा चिप्लिएर करिब ६० मिटर तल खसेर उनको मृत्यु भएको प्रहरी चौकी पोक्लाबुङ्का इन्र्चाज ब्रमदेव यादवले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर