समाज

चौतर्फी आलोचना भएपछि आरडिटी परीक्षण रोक्ने तयारीमा सरकार
३० जेष्ठ, काठमाण्डौँ । चौतर्फी आलोचना भएपछि सरकारले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र आरडिटी माध्यमबाट परिक्षण गरिने तयारी रहेको छ । प्रवक्ता गौतमले भन्नुभयो,–‘दुई हप्ता बढी समय क्वारेन्टिनमा बस्नुभएकाहरूको पिसिआर गर्नुपर्दैन । त्यो बेलासम्म शरीरमा एन्टिबडी बनिसकेको हुन्छ र त्यसपछि उहाँहरू संक्रमण अरूमा सर्ने संम्भावना पनि हुँदैन ।’ क्वारेन्टिनमा १४ दिन..

लकडाउन खुकुलो बनाउने सरकारको निर्णयः कार्यालय दुई सिफ्टमा सञ्चालन हुने
२९ जेष्ठ, काठमाण्डौँ । सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आजको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अर्थ तथा सञ्चारमन्त्री समेत रहनुभएका मन्त्री खतिवडाले पत्रकार सम्मेलनमा स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिनुभयो । जसअनुसार निजी क्लिनिक समेत सञ्चालन हुनेछन् । यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री..

लकडाउन खुलेको एक महिनासम्म कर बुझाउने व्यवस्था मिलाउन सर्वाेच्चको अन्तरिम आदेश
२९ जेष्ठ, काठमाण्डौँ । सरकारले कर तिर्न भन्दै जारी गरेको मितिलाई कार्यंन्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । नेपाल सरकारले करदातालाई दिएको असार १५ गतेसम्मको म्याद सूचना कार्यान्वयन नगर्न र यो म्याद लकडाउन खुलेपछिसम्मलाई सार्न अन्तरिम आदेश दिएको हो । अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार सर्वाेच्च अदालतका न्यायाधीश अनिल सिन्हा र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वाेच्चको आदेशमा भनिएको..

पसल खोल्न दिने र निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय
२९ जेष्ठ, काठमाण्डौँ । सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । एक मन्त्रीकाका अनुसार जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ ।..

बर्जु गाउँपालिकाको बजेट तयारी सम्वन्धी अन्तरक्रिया सम्पन्न
२८ जेष्ठ, सुनसरी । बर्जु गाउँपालिकाको आर्थिक बर्ष २०७७÷७८ को बजेटमा कृषक मैत्री नीति तथा कार्यक्रमहरु ल्याउन गाउँबासीहरुले माग गरेका छन् । आज बुधबार बर्जु गाउँपालिकाले आ.व. २०७७÷७८ बजेट तयारी सम्बन्धी गाउँपालिकामा रहेका विभिन्न राजनीतिक दल तथा संघसंस्थाहरुका प्रतिनीधीहरु संग गरेको अन्तरक्रिया कार्यक्रममा कृषि तथा सहकारी मैत्री बजेट ल्याउन सुझाब आएको हो । पालिका अध्यक्ष रघुनन्दन चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपाका बर्जु गाउँसमिति अध्यक्ष दिल कुमार गुरुङले कृषि तथा..

सरिता गिरीले हालेको संशोधन फिर्ता लिन जसपाको निर्देशन, फिर्ता नलिए कारवाही गर्ने
२८ जेष्ठ, कठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल(जसपा)की सांसद सरिता गिरीले संविधान संसोधन विधेयक दर्ता खारेजीको माग गर्दे संसोधन दर्ता गराएपछि पार्टीले सो निर्णय फिर्ता लिन निर्देशन दिएको छ । लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै उनले आज संशोधन दर्ता गराए पछि जसपा नेपालले सो निर्देशन जारी गरेको हो । पार्टी एकीकरण प्रकृया सम्पन्न भईनसकेको हुनाले सांसद् गिरीलाई तत्कालिन समाजवादी पार्टीको तर्फबाट निर्देशन दिइएको छ..

धरानको सेउती खोलामा १ जना युवा मृत फेला
२८ जेष्ठ, सुनसरी । सुनसरीको धरान–१४ बिजयपुरस्थित सेउती खोलाको झोलुङ्गे पुल मुनि एक जना युवा मृत अबस्थामा फेला परेका छन् । धरान उपमहागरपालिका ४ बस्ने १६ बर्षीय मनिराज राई मृत भेटिएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

४० यात्रु बोकेको ट्रिपर कर्णालीमा खस्यो, २ जनाको शव फेला, ६ जनाको उद्धार अन्य बेपत्ता
२८ जेष्ठ, काठमाण्डौँ । कालीकोटका करिब ४० यात्रु बोकेको ट्रिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो । कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको ट्रिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेको कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । प्रजिअ गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । ‘घटनामा २ जनाको..

सरकारको विरोध गर्दे बालुवाटारमा प्रदर्शन गर्नेलाई पानीको फोहोरा, १० जना नियन्त्रणमा
२७ जेष्ठ, काठमाण्डौँ । सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन भएको छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकार गम्भिर नभएको र प्रयास फितलो भएकोमा विवेकशली नेपाली दल र डा. गोविन्द केसी समर्थकहरु आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारअघि प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोराले हानेको थियो । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको थियो । प्रदर्शनकारीहरुले कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट मात्रै गर्नुपर्ने, क्वारेन्टिन सेन्टरहरु पूर्ण सुरक्षित बनाउनु..

दमकमा पिकअपको ठक्करवाट वृद्धको मृत्यु
२७ जेष्ठ, झापा । झापाको दमकमा हिजो अपरान्ह पिकअपको ठक्करवाट एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका– १ का ७८ बर्षिय दुर्गा प्रसाद अधिकारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार दमक–१ को भित्री सडकखण्डमा हिजो अपरान्ह पौने ४ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक्कर दिंदा पैदलयात्री वृद्ध अधिकारीको मृत्यु भएको हो । ठक्करवाट घाईते भएका अधिकारीको..