२७ जेष्ठ, झापा । झापाको दमकमा हिजो अपरान्ह पिकअपको ठक्करवाट एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका– १ का ७८ बर्षिय दुर्गा प्रसाद अधिकारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रहरीका अनुसार दमक–१ को भित्री सडकखण्डमा हिजो अपरान्ह पौने ४ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक्कर दिंदा पैदलयात्री वृद्ध अधिकारीको मृत्यु भएको हो ।
ठक्करवाट घाईते भएका अधिकारीको लाईफलाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले वताउनुभयो ।
ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।