बर्जु गाउँपालिकाको बजेट तयारी सम्वन्धी अन्तरक्रिया सम्पन्न

बर्जु गाउँपालिकाको बजेट तयारी सम्वन्धी अन्तरक्रिया सम्पन्न


२८ जेष्ठ, सुनसरी । बर्जु गाउँपालिकाको आर्थिक बर्ष २०७७÷७८ को बजेटमा कृषक मैत्री नीति तथा कार्यक्रमहरु ल्याउन गाउँबासीहरुले माग गरेका छन् ।

आज बुधबार बर्जु गाउँपालिकाले आ.व. २०७७÷७८ बजेट तयारी सम्बन्धी गाउँपालिकामा रहेका विभिन्न राजनीतिक दल तथा संघसंस्थाहरुका प्रतिनीधीहरु संग गरेको अन्तरक्रिया कार्यक्रममा कृषि तथा सहकारी मैत्री बजेट ल्याउन सुझाब आएको हो ।

पालिका अध्यक्ष रघुनन्दन चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपाका बर्जु गाउँसमिति अध्यक्ष दिल कुमार गुरुङले कृषि तथा सहकारी मैत्री बजेट ल्याउन गाउँपालिकालाई सुझाब दिनुभएको थियो ।

कोरोना महामारीका कारण देशभरीनै अर्थ व्यवस्था धारासायी भएको अबस्थामा बर्जु गाउँपालिकाका ९९ सय प्रतिशत नागरीक कृषि पेशामा आबद्ध रहेकोले अन्न संकट टार्न अबको नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई आधुनीकिकरण, बैज्ञानिकरण गर्नै ब्यवस्था मिलाउन र यस गाउँपालिका क्षेत्र भित्रै चिनी मिल भएतापनि स्थानियहरु भने सिमा पारीे भारतको चिनीमा निर्भर हुनुपरेको यसलाई न्युनिकरण गर्न गुरुङले सुझाब दिनुभयो ।

यस्तै नेपाली कांग्रेसका नेता टेकनाथ तिम्सिनाकोे गाउँपालिका भित्र कृषकले उत्पादन गरेको बस्तुको बजार ग्यारेन्टी गाउँपालिकाले गर्नुपर्ने अबको बजेटमा कृषिलाई समृद्धि र रोजगारी संग जोडेर कार्यक्रम बनाउन सुझाव दिनुभयो ।

नेपाली कांग्रेसका प्रदेश–१ सदस्य बालेश्वर चौधरीले भने साना ठूला सबै प्रकारका किसानको लगत राख्न, कृषि विमालाई प्रभावकारी बनाउन, कार्यविधि निर्माण गरेर योजनाहरु सञ्चालन गर्न, कृषि उपजमा उत्पादनको आधारमा अनुदान दिने ब्यबस्था मिलाउन, कोभिड १९ को कारण विदेशबाट फर्केर आएका युवालाई लक्षित गरेर कार्यक्रम ल्याउन गाउँपालिकालाई सुझाब दिनुभयो ।

यता इस्र्टन सुगर मिलका कर्मचारी ताराचंद चौधरीले भने गाउँपालिका भित्र चिनी मिल समेत रहेको हुँनाले यस क्षेत्रलाई उखुजोनको रुपमा घोषणा गर्न सुझाव दिनुभयो ।

यता राम सिता मा.वि.का प्र.अ. प्रहलाद कुमार कामतले भने लकडाउन खुलेपछि विद्यालयको पठनपाठनलाई कसरी सुचारु गर्ने वा प्रविधि मैत्री तथा शिक्षालाई कसरी आयमुलक बनाउने भन्नेमा बजेट के्िरन्द्रत हुनुपर्ने बताउनुभयो ।

छलफलमा बोल्दै दुर दृष्टी विकास केन्द्रका तेजनारायण चौधरीले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई पहिलो प्राथमिकतामा राखी बजेट बनाउनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रमको अन्त्यमा बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले आर्थिक वर्ष २०७७÷७८ को बजेट तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा महत्वपूर्ण सुझाब आएको भन्दै सम्पुर्णमा धन्यवाद दिनुभयो । आएका सुझावले बजेट निर्माणमा ठूलो सहयोग पुग्ने पनि उहाँले बताउनुभयो ।

यस्तै उहाँले आफु स्थानिय तहको जनप्रतिनिधी भएर आउँदा यस क्षेत्रको कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धन, विकाश निर्माणमा अमुल्य परिवर्तन भएको पनि बताउनुभयो । उहाँले स्थानिय तहमा आए संगै कानुनको निर्माण, कर्मचारी अभाव, भवन अभाव बाबजुत पनि विकाश निर्माणमा अन्य स्थानिय तहभन्दा यस गाउँपालिकाले फड्को मारेको दावी गर्नुभयो ।

कार्यक्रममा बोल्दै चौधरीले विश्वको सिमसारमा क्षेत्रमा सुचिकृत बर्जु ताललाई स्तर उन्नती गर्ने पनि बताउनुभयो ।

उक्त कार्यक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष रघुन्नदन चौधरी, उपाध्यक्ष संगिता कुमारी राय, प्रमुख प्रसासकिय अधिकृत नवराज कार्की, वडा नं. १ अध्यक्ष श्याम कुमार गुरुङ, २ का अध्यक्ष आन्नद यादव, ५ का किशोर कुमार चौधरी, योजना शाखाका अरुण कुमार राय, पञ्जीकरण शाखाका विजय कामत, कृषि शाखाका आशनारायण सरदार, रोजगार शाखाका विपिन चौधरी, स्वास्थ्य शाखाका रामबाबु श्रेष्ठ, शिक्षा शाखा प्रमुद बाबुराम कार्की, जिन्सी शाखाका संतोष बञ्जारा, प्रसासन शाखाका रेनेशा अधिकारी, महिला विकाश शाखाका मन्जु कुमारी शर्मा, सहकारी शाखाका अशोक कुमार यादव, संचारकर्मी अशिष कुमार यादव लगायत स्थानिय संघ संस्थाका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, उद्योगपति, स्थानिय लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण प्रसासन अधिकृत श्रृजना क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270