तस्विरमा हेर्नुहोस नेपालबाट देखिएको सूर्य ग्रहण (फोटो फिचर)

७ असार, काठमाण्डौँ । सूर्य ग्रहण लागेको छ । यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (केही भाग) मात्र देखिएको छ । नेपालमा बिहान १०ः ५५ देखि सुरू भएको ग्रहण अपराह्न २ः २४ बजे समाप्त हुने छ । शास्त्रीय मान्यताअनुसार शनिबार राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ..

प्रदेश–१ का ५४ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए

६ असार, काठमाण्डौँ । प्रदेश–१ बाट कोरोना भाईरसलाई जितेर घर फर्कनेको संख्या दैनिक जस्तो बृद्धि हुँदै गएको छ । प्रदेश–१ मा हालसम्म फेला परेका ४३० संक्रमितमध्ये २३४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । यो समग्र संक्रमितको संख्याको ५४.४१ प्रतिशत हो । प्रदेश सरकारको व्यवस्थित उपचार प्रणाली, क्यारेन्टाईन व्यवस्थापनमा सतर्कताका कारण समुदायस्तरमा फैलन नपाएको संक्रमणलाई क्वारेन्टाईनमा मात्रै सिमित राखिएको छ । प्रदेश–१ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख..

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारको आग्रह

६ असार, काठमाण्डौँ । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न अनुरोध गरेको छ । बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा थप समन्वय गर्दै लैजाने निर्णय गरेको केन्द्रका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी..

बीएण्डसी अस्पतालले स्वास्थ्य बिमा गरेका विरामीलाई औषधि दिन बन्द गर्यो

६ असार, झापा । बर्तामोडको बीएण्डसी अस्पतालले स्वास्थ्य बिमा गरेका विरामीलाई औषधि दिन बन्द गरेको छ । अस्पतालले एक सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य उपचारका लागि अस्पताल आएका विरामीलाई औषधि दिन बन्द गरेको जनाएको हो । स्वास्थ्य बिमा वोर्डले अस्पताललाई तिर्नु पर्ने रकम उपलब्ध नगराएकाले सो सुचना मार्फत अस्पताल प्रसासनले जनाएको छ । सोही कारणले बिरामीलाई औषधि दिन बन्द गरेको भनाई छ । स्वास्थ्य बिमा वोर्डले बीएण्डसी अस्पतालाई झण्डै १२..

जनकपुर–जयनगर रेलमार्गको निर्माण कार्य लक्ष्यभन्दा बढी सम्पन्न

६ असार, जनकपुरधाम । लकडाउनका कारण सबै पूर्वाधार निर्माणका क्षेत्रमा अशर परेपनि रेलमार्गको निर्माण कार्य लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० कि.मी. रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा झण्डै ६२ कि.मी. सम्पन्न भइसकेको भौतिक पुर्वधार मन्त्रालयले जनाएको छ । कुर्था–जयनगर रेलमार्ग अन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । कोरोना..

इलामको माङ्सेवुङमा देवर र भाउजु झुण्डिएको अवस्थामा फेला

५ असार, इलाम । इलामको माङसेबुङ गाँउपालिका–६ मा देवर र भाउजु झुण्डिएको अवस्थामा फेला परेका छन् । हिजो बिहानै घरबाट हिँडेका उनीहरु साँझसम्म नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजि गर्ने क्रममा घरदेखि झण्डै सात सय मिटर दुरीमा पर्ने दारको रुखमा झुण्डिएको अवस्थामा स्थानियले फेला परेका हुन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार रुखको एउटै हाँगोमा दुवैजना प्लाष्टिकको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाको विषयमा इलाका..

कर्मचारीको मनोमानीले योजनाको काम ढिला भयोः प्रदेश सांसद कागते

५ आश्विन, विराटनगर । प्रदेश–१ का सांसद् काजिमान कागतेले कर्मचारीको मनोमानीले योजनाको काम ढिलो भएको गुनासो गर्नुभएको छ । प्रदेश सांसद विकाश कोष मार्फत निर्वाचन क्षेत्रमा खर्च हुने योजनाको बजेटल समयमा नसकिने देखिएको हुँदा सरकारले यसतर्फ ध्यान दिनुुपर्ने सांसद कागतेले गुनासो गर्नुभयो । आजको प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले कर्मचारी माननीय बन्ने गरेको भन्दै योजनाको काम कहाँ के भइरहेको छ ? भन्ने बारे अन्यौल भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यहाँ..

विदेशमा मृत्यु भएका २३ नेपालीको शव आज काठमाडौं ल्याईयो

५ आश्विन, काठमाण्डौँ । विदेशमा मृत्यु भएका २३ नेपालीको शव आज काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । यी शवहरू ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत्र पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन । वैदेशिक रोजगार बोर्डका अनुसार क–कसको शव आज..

सूर्याेदय नगरपालिकामा पर्ने तीन तले झरनामा पर्यटन पूर्वाधार निर्माण कार्यले तिब्रता पायो

५ आश्विन, इलाम । इलामको सूर्याेदयनगरपालिकामा पर्ने तीन तले झरनामा पर्यटन पूर्वाधार निर्माणको कार्यले तिब्रता पाएको छ । पर्यटकीय नगर सूर्याेदयन–३ मा पर्ने झरनामा पदमार्ग र व्युटिफिकेसनका काम गरिँदै धमाधम भईरहेको छ । सूर्याेदय नगरपालिका–३ स्थित रुङसुङ्गमा रहेको झरनालाई पर्यटनको आकर्षक गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम अगाडी बढाईएको नगर प्रमुख रनबहादुर राईले जानकारी दिनुभयो । प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रस्तावमा योजना छनौट गरि प्रदेश सरकारको शहरी विकास तथा भवन..

झापा कारागारको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई

५ आश्विन, झापा । झापा कारागार भद्रपुरको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिईएको छ । कारागारको सुरक्षामा खटिदै आएका नेपाल प्रहरीलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अन्यत्र खटाइएपछि कारगारको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको हो । चारालीस्थित नयाँ श्रीनाथ गणबाट खटिएका सेनाले कारागारको सुरक्षाको जिम्मा लिएको बताइएको छ । भारतसँगको सीमा नाकामा हुने भीड नियन्त्रण तथा क्वारेन्टाईनको सुरक्षामा प्रहरी केन्द्रित भएकोले कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको झापाका प्रमुख जिल्ला अधिकारी..