५ असार, इलाम । इलामको माङसेबुङ गाँउपालिका–६ मा देवर र भाउजु झुण्डिएको अवस्थामा फेला परेका छन् ।
हिजो बिहानै घरबाट हिँडेका उनीहरु साँझसम्म नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजि गर्ने क्रममा घरदेखि झण्डै सात सय मिटर दुरीमा पर्ने दारको रुखमा झुण्डिएको अवस्थामा स्थानियले फेला परेका हुन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार रुखको एउटै हाँगोमा दुवैजना प्लाष्टिकको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए ।
घटनाको विषयमा इलाका प्रहरी कार्यालय मंगलबारे इलामले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगले जनाएको छ ।