६ असार, झापा । बर्तामोडको बीएण्डसी अस्पतालले स्वास्थ्य बिमा गरेका विरामीलाई औषधि दिन बन्द गरेको छ ।
अस्पतालले एक सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य उपचारका लागि अस्पताल आएका विरामीलाई औषधि दिन बन्द गरेको जनाएको हो । स्वास्थ्य बिमा वोर्डले अस्पताललाई तिर्नु पर्ने रकम उपलब्ध नगराएकाले सो सुचना मार्फत अस्पताल प्रसासनले जनाएको छ । सोही कारणले बिरामीलाई औषधि दिन बन्द गरेको भनाई छ ।
स्वास्थ्य बिमा वोर्डले बीएण्डसी अस्पतालाई झण्डै १२ करोड रुपैयाँ तिर्नु पर्ने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले सेवाग्राहीलाई औषधि दिन छाडेपछि स्वास्थ्य बिमा गरेका विरामीले छुट्टै रकम तिरेर निजी क्लिनिकबाट औषधि खरिद गर्न बाध्य भएका छन् ।