नेपाल र चीनबीच सिमा विवाद छैन, दुई देशको सम्बन्धमाथि प्रहार गर्न खोजियोः राजदूत यान्छी

१६ असार, काठमाण्डौँ । नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताउनुभएको छ । गोरखापत्रलाई दिएको विशेष अन्तर्वार्तामा राजदूत यान्छीले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने आफ्नो विश्वास रहेको बताउनुभएको छ । चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई..

अहिले कायम ‘लकडाउन’लाई श्रावण ७ सम्म लम्ब्याउने सरकारको निर्णय

१६ असार, काठमाण्डौँ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । ‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ’ एक मन्त्रीले भनेका छन् । यो निर्णयअनुसार श्रावण ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् । निजी सवारीसाधन जोर विजोर..

राष्ट्रिय धान दिवसः कृषिको उत्पादकत्व वृद्धि गरेर नै अर्थतन्त्र उकास्न सकिन्छ– प्रधानमन्त्री ओली

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आज दिनुभएको सन्देशमा सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिने गरी..

कमल गाउँपालिका–५ लवडाँडाबाट लागुऔषध सहित एक जना पक्राउ

१५ असार, झापा । झापाको कमल गाउँपालिका–५ लवडाँडाबाट प्रतिवन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन् । गौरादह नगरपालिका–४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकले गृह खबरलाई जानकारी दिएको छ । कमलगा–५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका उनलाई हिजो साझमा प्रहरीले पक्राउ गरेको हो । भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर..

झापामा कोरोना संक्रमितको संख्या दुई सय २३ पुग्यो

१५ असार, झापा । झापामा कोरोना भाइरस संक्रमितको संख्या २ सय २३ पुगेको छ । आईतवार हल्दिबारी गाँउपालिकाको २८ वर्षीय एक महिलामा कारोना पुष्टि भएसँगै संक्रमितको संख्या २२३ पुगेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा १७१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आईतवार थप भएसँगै संक्रमितको संख्या भद्रपुरमा ६, मेचीनगरमा १९, बिर्तामोडमा २, कन्काईमा ४, अर्जुधारामा ५, दमकमा ६, गौरादहमा..

दुहवी जेसीजको रक्तदान कार्यक्रम सम्पन्न

१५ असाढ, सुनसरी । सुनसरीको दुहवीमा दुहवी जेसीजले आईतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको कार्यक्रमका संयोजक दुहवी जेसीजका उपाध्यक्ष विकाश स्वर्णकारले जानकारी दिनुभयो । दुहवी जेसीजकी अध्यक्ष विमला सुवेदी कार्कीको अध्यक्षतामा दुहवी नगरपालिकाको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को महामारीको बेला रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरङको समन्वयमा संकलन गरिएको संयोजक स्वर्णकारले बताउनुभयो । अहिले..

दुहवी जेसीजको एक दिने रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

१५ असाढ,सुनसरी । सुनसरीको दुहवीमा दुहवी जेसीजकोे आयोजना एक दिने रक्तदान जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कोरोना महामारीको समयमा विभिन्न अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगतको चरम अभाव हुन नदिन एक दिने रक्तदान जागरुक्ता कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । दुहवी जेसीजको आयोजनामा तथा युथ फर ब्लड नेपालको प्रमुख प्रशिक्षणमा दुहवी स्थित पूर्व क्षेत्रीय दंगा गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । दुहवी जेसीजका अध्यक्ष विमला सुवेदीको अध्यक्षतामा भएको..

मदन भण्डारी जन्म जयन्तीको अवसरमा इलाममा वृक्षारोपण सहित रक्तदान कार्यक्रम सम्पन्न

१४ असार, इलाम । जननेता मदन भण्डारीको ६९औं जन्म जयन्तीको अवसरमा अनेरास्ववियू इलामले इलाम नगरपालिका सहित जिल्लाका विभिन्न पालिकामा वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । इलाम नगरपालिकाको आदर्श मावी र अमर मावीमा अनेरास्ववियू केन्द्रिय सदस्य रवीन्द्र सुवेदी, जिल्ला संयोजक प्रवेश पराजुली सहितको टोलिले विद्यालय परिसरमा वृक्षरोपण गरेको छ । यस्तै आज नै देउमाइ नगरपालिकाको भानुभक्त मावी र माइ नगरपालिकाको सुखानी पार्कमा सरसफाइ सहित वृक्षारोपण गरिएको जनाईएको छ ।..

दमक नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक, पूर्वधार विकासमा जोड

१४ असार, झापा । दमक नगरपालिकाको सातौँ नगरसभाबाट सर्वसम्मत पारित रुपमा पारि भएको बजेट, निति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । नगरपालिकाले आज आफ्नै सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सातौँ नगरसभाबाट सर्वसम्मत पारित भएको आर्थिक बर्ष २०७७÷७८ को बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले आर्थीक बर्ष २०७७÷७८ का लागी रु १ अर्व ३१ करोड ३० लाख ३५ हजारको बजेट ल्याएको छ । कोरोना भाईरसका कारण..

सलह किरा र नेपालमा नियन्त्रणको प्रयास

१४ असार, काठमाण्डौँ । नेपालमा सलह किरा प्रवेश गरेको छ । पश्चिम क्षेत्रमा बुटवलमा सलहले बालीमा नोक्सानी समेत पारेको छ । सर्लाहीमा पनि सलह देखिएको छ । सलह एक प्रकारको फट्याङ्गरा हो । यसले बालीको पात र फल खान्छ । ठूलो क्षेत्र ओगट्ने गरि बाली नाश गर्ने सलहका कारण भोकमरी समेत आउन सक्छ । यसलाई नियन्त्रण गर्नु चुनौतीपूर्ण छ । किट वैज्ञानिक नरेश डाँगी स्थानीय तहहरुले मिलेर यसलाई धपाउन सक्ने..