१५ असाढ,सुनसरी । सुनसरीको दुहवीमा दुहवी जेसीजकोे आयोजना एक दिने रक्तदान जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कोरोना महामारीको समयमा विभिन्न अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगतको चरम अभाव हुन नदिन एक दिने रक्तदान जागरुक्ता कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
दुहवी जेसीजको आयोजनामा तथा युथ फर ब्लड नेपालको प्रमुख प्रशिक्षणमा दुहवी स्थित पूर्व क्षेत्रीय दंगा गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । दुहवी जेसीजका अध्यक्ष विमला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा युथ फर ब्लड नेपालको पूर्व अध्यक्ष अतित गुरागाईले रक्तदान गर्नाले के हुन्छ रक्तदान सम्बन्धी पूर्ण ज्ञान नभएको रक्तदान जिवनदान सम्बन्धी जनचेतनाको लागि उक्त कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
रगतको अभाव हुन नदिन र रक्तदान सम्बन्धी सचेतनाको लागि एक दिने जनचेतना कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक विकाश स्वर्णकारले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिमा पूर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गणका प्रमुख प्र.उपरिक्षक मनोज यादव रहेको उक्त कार्यक्रममा १२२ जना भन्दा बढीको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा दुहवी जेसीजका पदाधिकारी पूर्व अध्यक्ष, पूर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गणका प्रहरी निरीक्षण गुणराज बुढाथोकी, जवान लगायतको उपस्थिती रहेको दुहवी जेसीजकी अध्यक्ष अध्यक्ष विमला सुवेदीले बताउनुभयो ।