१४ असार, इलाम । जननेता मदन भण्डारीको ६९औं जन्म जयन्तीको अवसरमा अनेरास्ववियू इलामले इलाम नगरपालिका सहित जिल्लाका विभिन्न पालिकामा वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
इलाम नगरपालिकाको आदर्श मावी र अमर मावीमा अनेरास्ववियू केन्द्रिय सदस्य रवीन्द्र सुवेदी, जिल्ला संयोजक प्रवेश पराजुली सहितको टोलिले विद्यालय परिसरमा वृक्षरोपण गरेको छ ।
यस्तै आज नै देउमाइ नगरपालिकाको भानुभक्त मावी र माइ नगरपालिकाको सुखानी पार्कमा सरसफाइ सहित वृक्षारोपण गरिएको जनाईएको छ ।
यस्तैगरी मदन भण्डारी फाउन्डेसन इलाम र मदन भन्डारी स्पोट्र्स एकाडेमी इलामको संयुक्त आयोजनामा इलाम अस्पतालमा रक्तदान कार्यक्रम समेत आज सम्पन्न भएको छ ।
६९औं मदन भण्डारी जन्म जयन्तीको अवसरमा फाउन्डेसनले आज गरेको कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । रक्तदान भोलि पनि विहान र बेलुका संञ्चालन हुने बताईएको छ ।
अस्पतालमा भएको कार्यक्रममा मदन भन्डारी फाउन्डेसन इलामका अध्यक्ष एवं जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश प्रसाद बराल, फाउन्डेसनका सचिव केशब धौराली, स्पोट्र्स एकाडेमीका अध्यक्ष मिलन खत्री, नेकपा नेता भक्त केसि लगायतको उपस्थिति रहेको थियो ।