दमक नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक, पूर्वधार विकासमा जोड

दमक नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक, पूर्वधार विकासमा जोड

१४ असार, झापा । दमक नगरपालिकाको सातौँ नगरसभाबाट सर्वसम्मत पारित रुपमा पारि भएको बजेट, निति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ ।

नगरपालिकाले आज आफ्नै सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सातौँ नगरसभाबाट सर्वसम्मत पारित भएको आर्थिक बर्ष २०७७÷७८ को बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले आर्थीक बर्ष २०७७÷७८ का लागी रु १ अर्व ३१ करोड ३० लाख ३५ हजारको बजेट ल्याएको छ ।

कोरोना भाईरसका कारण जारी लकडाउनबाट नगरपालिकाको आन्तरिक आय र बिकास निर्माणका काममा परेको असरलाई मध्यनजर गर्दै आर्थिक बर्ष २०७७÷७८ बजेट तयार पारिएको नगरपालिकाकी उपमेयर तथा प्रवत्ता गिता अधिकारीले बताउनुभयो ।

बजेट तर्जुमा गर्दा दमकमा रहेका सबै राजनैतिक दल ,संघ संस्था, नागरिक समाज, निर्वाचित जनप्रतिनिधि लगायतको सुझावलाई आधार बनाई तयार गरिएको उहाँले बताउनुभयो ।

पारित भएको बजेटले बिकास निर्माणका बाँकी काम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बजेटमा कोरोना भाईरसको महामारीका कारण चालु आर्थिक बर्षमा अवरुद्ध भएका सबै बिकास निर्माण कार्यहरु आगामी आर्थीक बर्षमा पुरा गर्ने लक्ष्य लिइएको छ ।

नयाँ बजेटमा सबैभन्दा बढी पूर्वधार बिकासका काममा जोड दिइएको छ । त्यसका लागी कुल बजेटको ३९ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै, बजेटले विदेशबाट आएका युवाहरु लक्षित कार्यक्रमहरु समेटेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर