झापामा कोरोना संक्रमितको संख्या दुई सय २३ पुग्यो

झापामा कोरोना संक्रमितको संख्या दुई सय २३ पुग्यो

१५ असार, झापा । झापामा कोरोना भाइरस संक्रमितको संख्या २ सय २३ पुगेको छ ।

आईतवार हल्दिबारी गाँउपालिकाको २८ वर्षीय एक महिलामा कारोना पुष्टि भएसँगै संक्रमितको संख्या २२३ पुगेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा १७१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

आईतवार थप भएसँगै संक्रमितको संख्या भद्रपुरमा ६, मेचीनगरमा १९, बिर्तामोडमा २, कन्काईमा ४, अर्जुधारामा ५, दमकमा ६, गौरादहमा ४, शिवसताक्षीमा २, बुद्धशान्तिमा ११, हल्दिबारीमा ७, कचनकवलमा १२९, कमलमा १, गौरीगञ्जमा १७, बाह्रदशीमा ८ र झापा गाउँपालिकामा २ जना कोरोना संक्रमित रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर