समाज

राजमार्गमा उभेको राँगासँग मोटरसाइकल ठोक्किदा झापामा एक जनाको मृत्यु
४ श्रावण, झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ५ केर्खास्थित सडकखण्डमा गएराती राँगासँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ का २७ बर्षिय प्रदीप लम्साल रहेका छन् । दुर्घटनामा उनीसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउका धर्मेन्द्र सुबेदी समेत गम्भीर घाइते भएका छन् । घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको नोवेल हस्पिटलमा भर्ना गरिको छ । हिजो (शनिवार) राति ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै..

इलामकी मिर्गाैला पिडित लिम्बूलाई ७ लाख रुपैँया आर्थिक सहयोग
३ श्रावण, इलाम । मिर्गाैला पिडित इलाम नगरपालिका–११ की सन्चरानी लिम्बूलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । स्थानिय बिरू लिम्बूको अगुवाईमा देश तथा बिदेशमा रहेका नेपालीहरूबाट संकलन गरिएको रु ७ लाख २९ हजार ३ सय ५० रुपँैया रकम आज हस्तान्तण गरिएको हो । उक्त रकम देश तथा बिदेशमा रहेका २० जना नेपालीहरुबाट संकलन भएको स्थानिय बिरू लिम्बूले बताउनुभयो । आज वडाध्यक्ष रबिन्द्र एक्तेनको उपस्थितमा सो रकम बिरामी समक्ष पुगेर हस्तान्तरण..

दमक नगरपालिकाको कृषि कार्यक्रम अन्तर्गत धिमाल समुदायलाई वुंगुरको पाठा
३ श्रावण, झापा । झापाको दमक नगरपालिकाले नगरको प्रथम नागरिक धिमाल जातिलाई कृषि कार्यक्रम अन्तर्गत वुंगुरको पाठा वितरण गरेको छ । धिमाल व्यवस्थापन समिति संगको समन्वयमा आज एक कार्यक्रममा विच नगरपालिकाले नगरमा रहेका धिमाल समुदायका १७ परिवारलाई एक–एक वटा वुंगुरको भुनी (पाठी) वितरण गरेको हो । दमक ९ स्थित धिमाल सांस्कृतिक संग्राहलयको हलमा भएको औपचारिक कार्यक्रमा नगर प्रमुख रोमथान ओलीले सो वुंगुरको पाठा हस्तान्तरण गर्नुभयो । धिमाल व्यवस्थापन समिति दमकका..

यस बर्ष झापामा सवारी दुर्घटनाको संख्या घट्यो
३ श्रावण, झापा । झापामा सवारी दुर्घटनाको घटनामा कमी आएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा झापामा सवारी दुर्घटनाको घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कले देखाएको छ । सवारी दुर्घटनामा कम भएसँगै मृतकको संख्या समेत घटेको छ । आर्थिक वर्ष २०७५/०७६मा झापामा दुई सय ३९ वटा सवारी दुर्घटना भएका थिए तर, आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ३१ वटा मात्रै सवारी दुर्घटना..

झापामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट १ करोड १४ लाख राजस्व संकलन
३ श्रावण, झापा । झापामा ट्राफिक नियम उल्लङ्घन गर्ने १६ हजार २ सय ५२ वटा मोटरसाइकल कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जवेगूका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकललाई कारवाही गर्दा आर्थिक वर्ष २०७६/०७७ मा एक करोड १४ लाख १२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीको संख्या समेत मोटरसाइकलकै धेरै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय..

एनआईसीको लकडाउन कोशेलीः तीन सुपर चामत्कारिक कर्जा योजना
२ श्रावण, झापा । एनआईसी एसिया बैंकले न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चामत्कारिक कर्जा योजनाहरु सार्वजनिक गरेको छ । बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा घर कर्जा, सवारी कर्जा र ब्यवसाय कर्जा उपलब्ध गराउने र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको जनाइएको छ । आज एनआईसी एसिया बैंकको क्षेत्रिय कार्यलय दमक झापाले पत्रकार सम्मेलनको आयोजना गरी ३ महत्वपूर्ण योजनाहरु सार्वजनिक गरेको..

करोडौँ रुपैँया ठगीको आरोपमा झापा दमकका एक व्यापारी पक्राउ
२ श्रवाण, झापा । ठगीको आरोपमा झापा दमकका एक जना व्यापारी काठमाडाँैमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा काठमाण्डौँको टोलीले विभिन्न जिल्लाका व्यापारीहरुसँग करोडौं रुपैयाँ ठगी गर्ने दमक–६ का चन्दन जिन्दललाई पक्राउ गरेको हो । जिन्दलले झापा, बारा, पर्सा र सर्लाही चार जिल्लाका २२ जना व्यापारीबाट झण्डै ८ करोड रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ । जिन्दलले दमकमा हार्डवेयर र घरजग्गाका कारोबार गर्ने..

केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि छुराप्रहार
२ श्रवण, मोरङ । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि आज छुराप्रहार भएको छ । छुराप्रहारबाट शक्त घाइते भएका कार्कीको नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विरातनगरमा उपचार भइरहेको जनाईएको छ । हाल उनी खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषीराज ढकालले जानकारी दिनुभएको छ । अध्यक्ष कार्कीलाई विहान ११ बजेको समयमा केराबारी–१० का भाले भनिने भुवन ठकुरीले चक्कु प्रहार गरेका थिए । घटनामा संलग्न ठकुरीले २०७६÷०७७ को असार..

नेपालमा कोरोना संक्रमित संख्या ५ हजार ८७१ पुग्यो
२ श्रवण, काठमाण्डौँ । नेपालमा थप १०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ । नेपालमा कूल संक्रमितको संख्या १७ हजार ४४५ जना रहेका छन् । थप संक्रमितमा सप्तरीका १, झापाका २, मोरङका २, धनुषाका ८, बाराका ३, पर्साका २, भक्तपुरका २, नुवाकोटका २, मकवानपुरका १, नवलपरासी पूर्वका ३, रौतहटका ८, सिन्धुलीका १, काभ्रेका १, काठमाडौँका १, पाल्पाका १, लम्जुङका २२,..

वीपी प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
२ श्रवाण, सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सप्तरी जिल्लाको ७३ बर्षीय बृद्ध रहेका छन् । उनको हिजो राति करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो । कोरोना संक्रमित व्यक्तिको बिहीबार..