समाज

प्रदेश–१ को कोशी कटान क्षेत्रमा २ अर्ब बढी लागतमा रिफ्रेसमेन्ट सेन्टर बन्दै
२५ मंसिर, सुनसरी । सुनसरीको कोशी कटान क्षेत्रमा प्रदेश सरकारको करिव दुई अर्ब बढी लगानीमा रिफ्रेसमेन्ट सेन्टर बन्ने भएको छ । उक्त आयोजनाको बुधबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको छ । शिलान्यास पछि बोल्दै मुख्यमन्त्री शेरधन राईले कोशीको बगरलाई सदुपयोग गरी निर्माण हुने यो रिफ्रेसमेन्ट सेन्टर मुलुककै गौरवपूर्ण परियोजना हुने बताउनुभयो । उहाँले कटान क्षेत्रमा बन्ने पूर्वाधारयुक्त आधुनिक संरचनाले प्रदेश–१ को पर्यटन प्रर्वद्धनमा समेत ठूलो योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो..

विप्लव समूह हिंसात्मक गतिविधितर्फ उन्मुख भएको गृह मन्त्रालयको निष्कर्ष
२५ मंसिर, काठमाण्डौँ । गृह मन्त्रालयले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक गतिविधितर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ । विप्लव समूहले मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको भोलिपल्ट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाउनुभएको हो । गृह मन्त्रालयमा बसेको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । उहाँहरुले विप्लव समूहको पछिल्लो..

सरकारले बंगलादेशसँग ‘जी टु जी’ माध्यमबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने
२५ मंसिर, काठमाण्डौँ । सरकारले बंगलादेशसँग ‘जी टु जी’ माध्यमबाट ५० हजार मेट्रिक टन युरीया मल खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले बंगलादेशबाट मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि २०७७ पौष १० गतेबाट एक वर्षका..

स्वयम्भूको स्तुपा नहटाउने मन्त्री नेम्वाङको भनाई
२५ मंसिर, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ विस्तारका क्रममा स्वयम्भूको स्तुपा नहटाउने बताउनुभएको छ । ‘स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं’ अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री उहाँले विश्वसम्पदा क्षेत्रभित्रका बुद्धको हजार मूर्ति स्तुपा नहटाउने विश्वास दिलाउनुभएको हो । उहाँले सडक विस्तारका क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको बुद्धको हजार मूर्ति स्तुपा जोगाउनुपर्छ भन्नेमा आफू रहेको पनि स्पष्ट पार्नुभयो । आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका..

एआईजी बढुवा सिफारिसको निर्णय कार्यान्यवन नगर्न सरकारलाई निर्देशन
२४ मंसिर, काठमाण्डौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसको निर्णय कार्यान्यवन नगर्न सरकारलाई निर्देशन दिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न गत १५ मंसिरमा सिफारिस गरेको थियो । पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी २७ कार्तिकमा प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो । तत्कालिन उपप्रधानमन्त्री ईश्वर..

वितेको २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण पुष्टि
२४ मंसिर, काठमाण्डौँ । वितेको २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार २८६ जनाको पिसिआर परीक्षण हुँदा १०५६ मा संक्रमण पुष्टि भएको हो । यस्तै आज मात्र १४८३ जना संक्रमणमुक्त भएका छन् । यता १४ जनाको मृत्यु समेत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३८६ महिला र ६७० पुरुषसहित १०५६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको..

भ्रष्टाचार जस्तोसुकै होस् त्यो क्षम्य हुँदैनः प्रधानमन्त्री ओली
२४ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो वा सानो मात्रामा जोसुकैबाट हुने भ्रष्टाचार भए पनि त्यो अक्षम्य अपराध हुने बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरो बताउनुभएको हो । कुनै एक सूचकका आधारमा मात्रै भ्रष्टाचार घटेको वा बढेको निष्कर्षमा पुग्न नकिने उल्लेख गर्दै पछिल्ला दुई वर्षमा मुलुकमा सुशासन कायम भई भ्रष्टाचार गर्ने प्रवृत्ति धेरै हमदसम्म ओरालो लागेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले..

प्रक्रिया नै मिचेर सिद्धबाबालाई सफाईः पीडित पुगिन् प्रधानन्यायाधीश भेट्न
२३ मंसिर, सुनसरी । जिल्ला अदालत, सुनसरीले बलात्कारको मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएपछि पीडित प्रधानन्यायाधीशसामू पुगेकी छन् । आफूमाथि अन्याय भएको भन्दै पीडित महिलाले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्न सर्वाेच्च अदालत पुगेकी हुन् । आफ्ना श्रीमानलाई लिएर सर्वाेच्च अदालत पुगेकी उनले प्रधानन्यायाधीशलाई भेट गर्न नपाएपछि उनको सचिवालयमा गुनासो सुनाएर फर्केको बताईएको छ । जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिएपछि पीडित विक्षिप्त अवस्थामा पुगेकी छिन् । त्यसपछि उनी महान्यायाधिवक्ताको कार्यालयमा..

सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८.८६ मिटर
२३ मंसिर, सुनसरी । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८.८६ मिटर भएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर रहेकोमा नयाँ मापनले ८६ सेन्टिमिटर बढेको देखाएको हो । आज एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा नयाँ उचाई घोषणा गर्नुभएको हो ।

बलात्कार आरोपी सिद्धबाबाले पाए सफाई
२२ मंसिर, सुनसरी । बलात्कार आरोपी सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा)ले सफाई पाएका छन् । सुनसरी जिल्ला अदालतले उनलाई सफाई दिएको हो । जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबाले आरोपित कसुरबाट सफाई पाउने ठहर गरेको जिल्ला अदालत सुनसरीले जनाएको छ । यता विश्व हिन्दू परिषद्ले सिद्धबाबा सफाईको स्वागत गरेका छन् । गलत मनसाय राखी सन्तमाथि आरोप लगाईएको परिषद्को भनाई छ ।