समाज

‘मिस नेपाल २०२०’ को उपाधि नम्रता श्रेष्ठले हात पारिन्
२० मंसिर, काठमाण्डौँ । मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । आज राति सम्पन्न फाईनल राउण्डमा २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस नेपालको २६ औं संस्करणको उपाधि हात चुमेकी हुन् । उनलाई ‘मिस नेपाल वल्र्ड २०१९’की विजेता अनुष्का श्रेष्ठले ताज पहिरीदिईन् । नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् । यस्तै उनले मिस वल्र्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यता, ‘मिस नेपाल..

आज थपिए १०२४ जना कोरोना संक्रमित, १० जनाको मृत्यु
२० मंसिर, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४०२ महिला र ६२२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ । आजमात्र बीचमा ६ हजार ७४ जनाको कोरोना परीक्षण भएको थियो । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने..

चिनिया रक्षामन्त्रीको नेपाल भ्रमणले दुई देशको सैन्य सहायता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा
१४ मंसिर, काठमाण्डौँ । चिनिया रक्षामन्त्री वेइ फेङहेको आज हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । तत्कालीन रक्षामन्त्रीको निमन्त्रणामा हुन लागेको यो भ्रमण शताब्दीऔँ पुरानो समस्यारहित नेपाल–चीन सम्बन्ध परिवर्तित वर्तमान सन्दर्भमा अर्थपूर्ण मानिएको छ । नेपालबाट दुईपटक रक्षामन्त्रीको चीन भ्रमण भइसकेकाले बेइजिङबाट पनि रक्षामन्त्रीको भ्रमण हुनुलाई असामान्य मान्नुपर्दैन । एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै..

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
१४ मंसिर, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । आईतवार विहान सम्पन्न मतगणना अनुसार उहाँ आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । शनिवार भएको ५४ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित हुनुभएको हो । महासंघको विधान अनुसार ढकाल अव निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित..

इटहरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी
१३ मंसिर, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका सम्पुर्ण वडाहरुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका २० वटै वडामा गठित किशोरी साथी समूह, प्रतिरक्षा समूह र महिला संजाल सँग वडा–वडामा अन्तरक्रिया भईरहेको छ । इटहरीका २० वटै वडाहरुमा ६३ वटा किशोरी साथी समूह र २० वटा प्रतिरक्षा समूह सकृय छन् । यसै क्रममा शुक्रबार वडा नम्वर १९ र २० मा..

चुलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल बन्दै
१३ मंसिर, इलाम । इलामको चुलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने भएकोछ । अस्पतालको भवन प्रदेश–१ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम रानाले शिलान्यास गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ । प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पाताल निर्माण गर्ने नेपाल सरकारको निर्णय अनुसार आगामी मंसीर १५ गते विहान ११ बजे चुलाचुली गाउँपालिका–२ स्थित बाह्रगोठेमा निर्माण हुन लागेको अस्पतालको मन्त्री रानाले शिलान्यास गर्ने कार्यक्रम तय भएको..

पूर्वप्रधानमन्त्री खनाल र संविधानसभा अध्यक्ष नेम्बाङद्धारा जिल्लाको पूर्वाधार विकासका लागि ८ करोड विनियोजन
१३ मंसिर, इलाम । पूर्वप्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य झलनाथ खनाल र संविधान सभाका अध्यक्ष तथा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्बाङले स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमको आठ करोड रुपैयाँ जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गर्नुभएको छ । पूर्व प्रधानमन्त्री तथा सांसद खनालकोे निर्वाचन क्षेत्रमा रहेका नगर तथा गाउँपालिकामा चार करोड रुपैयाँ शुक्रबार जिल्ला समन्वय समितिमा सम्पन्न बैंठकबाट..

चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउदैँ
१३ मंसिर, काठमाण्डौँ । छिमेकी राष्ट्र चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा आइतबार काठमाण्डौँ आउनुहुने भएको छ । सरकारले फेङहीको एकदिने नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएको हो । भ्रमणको क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उहाँले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नुहुनेछ । उहाँ आइतबार नै चिन फर्कने कार्यक्रम छ । भारतीय विदेश..

मोरङको उर्लावारीबाट ७ जना जुवाडे पक्राउ
१२ मंसिर, मोरङ । मोरङको उर्लावारी नगरपालिका–९ बाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ६ बजे तीन लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका ९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका ८ का २६..

वितेको २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु, १७ सय ३ जनामा संक्रमण पुष्टि
१२ मंसिर, काठमाण्डौँ । वितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप १७ सय तीन जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार दुई सय ३६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म दुई लाख नौँ हजार चार सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै वितेको २४ घण्टामा..