२४ मंसिर, काठमाण्डौँ । वितेको २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार २८६ जनाको पिसिआर परीक्षण हुँदा १०५६ मा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज मात्र १४८३ जना संक्रमणमुक्त भएका छन् । यता १४ जनाको मृत्यु समेत भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३८६ महिला र ६७० पुरुषसहित १०५६ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् ।