२२ मंसिर, सुनसरी । बलात्कार आरोपी सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा)ले सफाई पाएका छन् । सुनसरी जिल्ला अदालतले उनलाई सफाई दिएको हो ।
जबरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग दाबी पुग्न नसक्ने हुँदा प्रतिवादी सिद्धबाबाले आरोपित कसुरबाट सफाई पाउने ठहर गरेको जिल्ला अदालत सुनसरीले जनाएको छ ।
यता विश्व हिन्दू परिषद्ले सिद्धबाबा सफाईको स्वागत गरेका छन् । गलत मनसाय राखी सन्तमाथि आरोप लगाईएको परिषद्को भनाई छ ।