शिक्षा

कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ‘ए प्लस’ ल्याए
३० साउन, काठमाण्डौँ । कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले २०७९ को तुलनामा ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएको बताए । गत वर्ष ४ हजार १७९ विद्यार्थीले उक्त जीपीए ल्याएका थिए । त्यस्तै १ लाख ८२ हजार ९२६ विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएका छन् । यो गत..

स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुबै भाषामा सोध्ने त्रिविको तयारी
१९ साउन, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा. धर्मकान्त बाँसकोटाले बताए । ‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न..

प्राध्यापक–कर्मचारीले क्याम्पसमा आउने विद्यार्थी निजिमा पठाएको भन्दै क्याम्पस प्रमुखलाई पत्र
२८ असार, झापा । दमक बुहुमुखी क्याम्पसका प्रमुखलाई आज अनेरास्ववियुका विद्यार्थीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । क्याम्पसका केही प्राध्यापक र कर्मचारीले निजि शिक्षण संस्थासंग मिलेर नयाँ भर्नाकालागि आएका विद्यार्थीहरुलाई निजि शिक्षण संस्थामा जान सिफारीस गरेको भन्दै अनेरास्ववियु दमक क्याम्पस कमिटीका अध्यक्ष भिजन चेम्जोङ नेतृत्वको टोलीले क्याम्पस प्रमुख डा.नेत्र बुढाथोकीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । निजि शिक्षण संस्थासंग मिलेर क्याम्पसका केही प्राध्यापक र कर्मचारीले नयाँ भर्ना हुन आउने विद्यार्थीहरुको व्यक्तिगत विवरण..

क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइयो
२३ जेष्ठ, भक्तपुर । भक्तपुर बहुमखी क्याम्पसमा कनिष्ठलाई प्रमुख नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले तालावन्दी गर्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्याई नियुक्तिप्रति आपति जनाएका हुन । क्याम्पसका केही प्राध्यापकहरु समेत जुनियरलाई प्रमुख बनाइएको भन्दै विरोधमा उत्रिएको नेविसंघका सचिव दीप गिरीले बताए । वरिष्ठ प्राध्यापकहरु मध्येबाट क्याम्पस प्रमुख नियुक्ति गर्ने प्रावधानलाई लत्याउँदै विश्वविद्यालयले कविता लुइँटेललाई जेठ २१ गते क्याम्पस प्रमुखमा नियुक्ति गरेको..

परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय
२७ श्रावण, काठमाण्डौँ । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न माग गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । अब विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौं जिल्लाका विभिन्न स्थानबाट कोरोनाविरुद्धको खोप..

कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्न बोर्डको बैठक बस्दै
२३ श्रावण, काठमाण्डौँ । कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि आज बोर्डको बैठक बस्न लागेको हो । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही श्रावण ३१..

कक्षा १२ लगायत सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारीस
२२ श्रावण, काठमाण्डौँ । कक्षा १२ लगायत सबै तहको परीक्षा तत्कालका लागि स्थगित गर्न स्वास्थ्य मन्त्रालयले सिफारीस गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले परीक्षाहरु स्थगित गर्न सिसिएमसीलाई सिफारीस गरेको हो । आज स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको जानकारी दिनुभएको छ । उहाँले ट्वीट गर्दै निकट भविष्यमा हुन लागेको सबै परीक्षा स्थगत गर्न स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन..

कक्षा १२ को परीक्षा स्थगित गर्ने कुनै निर्णय भएको छैनः राष्ट्रिय परीक्षा बोर्ड
१९ श्रावण, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बोर्ड परीक्षाको तयारीमा निरन्तर लागिरहेको बताउनुभयो । उहाँले परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले सङ्क्रमणका कारण जोखिम बढेर अप्ठ्यारै अवस्था आए अलग कुरा नभए परीक्षा नसर्ने बताउनुभयो । यसबारे अहिले नै निर्णय गर्न नसकिने बताउँदै सदस्य सचिव अर्यालले तत्काल परीक्षा अर्काे विधिबाट सञ्चालन गर्ने भन्ने विषयमा..

रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी
१३ असार, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि परीक्षा नियन्त्रण कार्यालयले रोकिएका सबै परीक्षा यसै वर्ष सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताउनुभयो । त्रिविको गत वर्ष भाद्र महिनामा हुनेपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोरोना..

एसइईको नतिजा श्रावण दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी
३१ जेष्ठ, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा श्रावण दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ । असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए श्रावण १५ भित्र नतिजा सार्वजनिक गर्नेगरी काम सुरु गरेको बोर्डलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको हो । विद्यार्थीको आन्तरिक मूल्यांकनबाट प्राप्त नतिजा असार २० गतेभित्र जिल्ला समन्वय एकाई कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।..