शैक्षिक प्रमाणपत्र धितो राखेर कसरी ऋण पाउने ? कस्ता हुन्छन् प्रक्रिया ?

२४ जेष्ठ, काठमाण्डौँ । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था चार वर्ष अघिदेखि शुरुवात भएको हो । सो समयमा ७ लाखको अधिकतम सीमा थियो भने आगामी आर्थिक वर्षको बजेटले २५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ । तर यसलाई बिलकुलै सरकारको नयाँ कार्यक्रमको रुपमा बुझ्नेहरू पनि छन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा जब अर्थमन्त्री विष्णु पौडेलले यो बुँदा पढे तब युवाहरु विलकुलै नयाँ कार्यक्रम आए जसरी सामाजिक सञ्जालमा पोखिए..

एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनकै आधारमा गरिने

१७ जेष्ठ, काठमाण्डौँ । यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनकै आधारमा प्रकाशित गरिने भएको छ । शिक्षा मन्त्रालयको आज बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको हो । मन्त्रिरिषद्बाट प्रस्ताव पारित गरेपछि आन्तरिक मूल्यांकनको अन्तिम निर्णय हुनेछ । मन्त्रालयको आजको बैठकले गत वर्षकै आन्तरिक मुल्यांकन विधि अनुरुप परीक्षा गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको हो । अघिल्लो वर्ष पनि विद्यालयको पहिलो त्रैमासिक अवधिको..

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिईने

१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिईने घोषणा गर्नुभएको छ । त्यस्ता ऋणको ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको छ । साथै, ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइनेपनि उहाँले स्पष्ट पार्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत उहाँले यस्तो बताउनुभएको हो ।

संञ्चालन भइरहेको स्नातक तहका सबै परीक्षाहरू स्थगित, लाखौँ लाख विद्यार्थी प्रभावित

१४ वैशाख, काठमाण्डौँ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरको उच्च जोखिम बढ्दै गएपछि भौतिक उपस्थितिमा संचालन भइरहेका पूर्वनिर्धारित सबै परीक्षा स्थगित भएका छन् । त्रिभुवन विश्वविद्यालयलगायत सबै विश्वविद्यालय र तहका परीक्षाहरू स्थगित भएको हो । वैशाख १७ गतेदेखि सुरु हुने त्रिविकै स्नातकोत्तर तहको सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगित गरिएको परीक्षा नियन्त्रक पुप्ष्राज जोशीले बताउनुभयो । यसैगरी पोखरा विश्वविद्यालयका सञ्चालित र अगामि दिनमा सञ्चालन हुने सबै पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको परीक्षा..

निजामती कर्मचारी प्रणाली दोषपूर्ण छः मन्त्री त्रिपाठी

२४ चैत्र, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले नेपालको निजामती कर्मचारी प्रशासन दोषपूर्ण रहेको बताउनुभएको छ । पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहनुभएका मन्त्री त्रिपाठीले प्रशाासन समूहका निजामती कर्मचारी आवश्यकता भन्दा ७० प्रतिशत बढी रहेको दाबी गर्नुभयो । ‘म बडा स्पष्टताका साथ अनुभवका आधारमा भन्दैछु, हाम्रो निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ । त्यसको बनावटै दोषपूर्ण छ’, आज संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाँले भन्नुभयो, ‘यसमा प्रशासन..

विद्यार्थी नेताहरुको एउटै आवाजः स्ववियु निर्वाचन हुनुपर्छ !

१४ चैत्र, काठमाण्डौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चासो देखाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिसँग त्रिविले आगामी जेष्ठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति जनाएको छ । नेविसंघ त्रिवि समितिले पाँच बुँदे माग राखेर ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियु निर्वाचन गर्नेगरी त्रिवि र नेविसंघबीच ९ चैत्रमा सहमति भएको थियो । उक्त सहमतिको विद्यार्थी संगठनले स्वागत गरेका छन् । सत्तारुढ नेकपा एमाले..

अनेरास्ववियू इलामले सामुदायिक विद्यालय सुधार अभियान संञ्चालन गर्ने

२४ फाल्गुन, इलाम । अनेरास्ववियू इलाम जिल्ला कमिटी इलामले सामुदायिक विद्यालय सुधार अभियान चलाउने भएको छ । संगठनको आज फाल्गुन २४ गते सम्पन्न तेस्रो पुर्ण वैठकले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर थप घट्दो अवस्थामा रहेको निश्कर्ष निकाल्दै सामुदायिक विद्यालय सुधार अभियान चलाउने निर्णय गरेको हो । अभियान अन्तर्गत जिल्लाभरका सवै सामुदायिक विद्यालयमा अनेरास्ववियूका तर्फबाट निरिक्षकको जिम्मेवारी तोकिएको छ । निरक्षकले विद्यालयको सम्पुर्ण तथ्यांक संकलन गर्दै विद्यालय स्तरमा अन्र्तक्रिया समेत..

टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

६ फाल्गुन, काठमाण्डौँ । परीक्षामा टिकटक बनाउने दैलेखका विद्यार्थीको परीक्षा रद्द भएको छ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक संञ्जालमा राख्ने रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । रोशनले दैलेखको कालीका मा.वि.बाट परीक्षा दिएका थिए । उनको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।..

हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस्ः प्रधानमन्त्री ओली

४ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । वसन्त पंञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गर्नुभएको हो । वैद्धिककालदेखि नै प्रज्ञा प्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा मनाइँदै छ । प्रधानमन्त्री ओलीले नागरीकको जीवनमा खुशी..

कक्षा १२ को नतिजा सार्वजनिक

१९ माघ, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरेको हो । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२..