रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी

रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी

१३ असार, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि परीक्षा नियन्त्रण कार्यालयले रोकिएका सबै परीक्षा यसै वर्ष सम्पन्न गर्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताउनुभयो । त्रिविको गत वर्ष भाद्र महिनामा हुनेपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोरोना महामारीका कारणले हुन सकेको छैन । परीक्षा नियन्त्रण कार्यालयले स्नातक दोस्रो वर्षको परीक्षा आगामी श्रावण ४ गते र पहिलो वर्षको परीक्षा श्रावाणको १० गतेदेखि शुरु गर्ने रुटिङ सार्वजनिक गरेको छ ।

त्यसपछि स्नातक तह कानुनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा छ ।

परीक्षा नियन्त्रक जोशीका अनुसार दशैँअगाडि २०७७ सालका परीक्षा सम्पन्न र दशँैपछाडि २०७८ सालका परीक्षा शुरु गर्ने तयारी छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270