कक्षा १२ को परीक्षा स्थगित गर्ने कुनै निर्णय भएको छैनः राष्ट्रिय परीक्षा बोर्ड

१९ श्रावण, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बोर्ड परीक्षाको तयारीमा निरन्तर लागिरहेको बताउनुभयो ।

उहाँले परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले सङ्क्रमणका कारण जोखिम बढेर अप्ठ्यारै अवस्था आए अलग कुरा नभए परीक्षा नसर्ने बताउनुभयो । यसबारे अहिले नै निर्णय गर्न नसकिने बताउँदै सदस्य सचिव अर्यालले तत्काल परीक्षा अर्काे विधिबाट सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल भईनसकेको बताउनुभयो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा स्थगित हुनसक्ने अभिव्यक्ति दिनुभएपछि परीक्षा पूर्व प्रकाशित तालिका बमोजिम हुने नहुने अन्योल भएको थियो ।

कक्षा १२ को परीक्षा यही श्रावण ३१ गते देखि भाद्र ९ गतेसम्म हुने रुटिङ छ भने परिक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदै छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270