शिक्षा

विद्यालय परिसरमा पाठ्यपुस्तक र कापीको गैरकानुनी बिक्री वितरण रोक्ने
१५ पुष, विर्तामोड । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले विद्यालय परिसरमा पाठ्यपुस्तक र कापीको गैरकानुनी बिक्री वितरण रोक्ने भएको छ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा पाठ्यपुस्तक र कापीको अवैद्य बिक्री वितरण रोक्ने निणर्य भएकोे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाका वरिष्ठ उपाध्यक्ष सुमन खनालले जानकारी दिए । विद्यालय हाताभित्रै पाठ्यपुस्तकको गैह्रकानुनी बिक्री वितरण हुँदा नेपाल सरकारलाई कर तिरेर पुस्तौंदेखि व्यवसाय गर्दै आएका पुस्तक तथा स्टेशनरी..

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. जैनुद्धिन अन्सारी
१४ पुष, काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्रा.डा. जैनुद्धिन अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्रा.डा. अन्सारीलाई नियुक्त गरिएको हो । बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा.अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् । नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज..

विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ संशोधन प्रस्ताव पेस
८ पुष, काठमाडौँ । विद्यालय शिक्षा विधेयमा १ हजार ७५७ वटा संशोधन प्रस्ताव पेस गरिएको छ । संसदको शिक्षा समितिमा दफावार छलफलका लागि पेस गरिएको विधेयकको मस्यौदामा १५२ जना सांसदहरूले संशोधन प्रस्ताव पेस गरेका हुन् । उनीहरूले १ हजार ७५७ विवरणसँग सम्बन्धित रहेर संशोधन प्रस्ताव पेस गरिएको छन् ।समितिमा आइतबारदेखि दफावार छलफल सुरु भएको छ । समितिले क्रमशः संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूलाई बोलाएर छलफल गर्नेछ । आइतबार पहिलो दिनको..

शिक्षक सेवा आयोगले माग्यो माध्यमिक तहका शिक्षक
८ पुष, काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो। शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीका अनुसार बिहान कार्यालय समय खुलेसँगै माग संख्या र कुन प्रदेशमा कति माग भएको छ भन्ने थाहा हुनेछ। माध्यमिक शिक्षकमा दरखास्त दिन नेपाली, सामाजिक, अर्थशास्त्र र संस्कृत विषयमा आवदेन फारम भर्नेले सम्बन्धित विषयमा स्नातक उतीणर्..

नेपाल इन्जिनियरिङ कलेजद्वरा भूकम्प प्रभावित परिवारलाई छात्रवृत्ति दिने घोषणा
५ पुष, काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले २०८० कार्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई पाँच वटा पूणर्छात्रवृत्ति दिने घोषणा गरेको हो । कलेजले स्नातक तह अन्र्तगत आर्किटेक्चर, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियङि, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ र ब्याचलर फर डिप्लोमा होल्डर्सको लागि सिभिल..

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वरा दमकमा फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण
५ पुष, दमक । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले झापाको दमक नगरपालिका ९ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका (दृष्टि बिहिन) बिद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल बितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा आज एक कार्यक्रमको आयोजना गरी बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीहरुलाई न्यानो कपडा..

एकै दिन सर्वाधिक विद्यार्थीलाई दिक्षित गरेको विश्वकिर्तिमान त्रिभुवन विश्वविद्यालयलाई
२ पौष, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक संख्यामा विद्यार्थीहरूलाई दिक्षित गरेको विश्वकिर्तिमान बनाएको छ । आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दिक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागीता थियो । त्रिविले विश्वकीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वर्ल्ड रेकर्डलाई निम्त्याएको थियो । सोहीअनुसार अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वकिर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरे । त्रिवि उपकुलपति डा. शिवलाल भुसालका अनुसार ओडब्लुआर..

विश्वविद्यालयमा हामी आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँः प्रधानमन्त्री प्रचण्ड
२ पौष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताएका छन् । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा अतुलनीय योगदान पुर्याएको बताए । उनले भने, ‘भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ । तर, विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो..

कोशीमा पहिलोपटक एआई, रोवटिक्स अध्यापन सुरु
२३ मंसिर, विराटनगर । कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन सुरु गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको जेभियर्स इङसिल विद्यालयले काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो । अहिलेको विश्वका परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन सुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले जानकारी दिए । विद्यालयमा अध्ययनरत..

सहमतिको विरोधमा इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला, अखिलले जलायो सहमति–पत्र
१४ भाद्र, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय र सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुबीच बुधबार भएको सहमतिको विरोधमा विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् । बुधबार भएको सहमति खारेज हुनुपर्ने माग राखेर ताला लगाएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु अध्यक्ष विराज अर्यालले बताए । उनले भने, ‘वास्तविक विद्यार्थीको सहभागिता बिना हिजो भएको सहमति खारेज हुनुपर्छ । इन्जिनियरिङका विद्यार्थी तथा संस्थान पदाधिकारीहरुसँग बसेर अर्काे सहमति गर्नुपर्छ ।’ इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको..