परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय

परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय

२७ श्रावण, काठमाण्डौँ । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न माग गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । अब विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौं जिल्लाका विभिन्न स्थानबाट कोरोनाविरुद्धको खोप पाउने भएका छन् ।

वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी अस्पताल बलम्बु र राधास्वामी आइसोलेसन खोप केन्द्र बसुन्धराबाट छिट्टै प्रवेश पत्रका आधारमा खोप दिइने भएको हो । सरकारले ५५ देखि ६० हजार विद्यार्थीलाई खोप लगाउने जनाएको छ ।

परीक्षामा सहभागी विद्यार्थीमा कोरोना संक्रमणको जोखिम बढ्नुका साथै मनोवैज्ञानिक त्रास उत्पन्न भएको भन्दै संयुक्त विद्यार्थी संगठनले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग खोपको व्यवस्था गर्न संयुक्त रुपमा विद्यार्थी संगठनले माग गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270