सवैको आस्था हिन्दु धर्म बनाउनु पर्छ : सभामुख विष्ट

दमक,११ भदौ । कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले श्रीकृष्ण रथ यात्रा लगायतका मौलिक संस्कृतिले समाजमा सद्भाव कायम गर्न मद्धत पुग्ने बताएका छन् । श्रीकृष्ण रथयात्रा ब्यवस्थापन समिति दमकले मंगलवार यहाँ आयोजना गरेको श्रीकृष्ण रथयात्राको शुभारम्भ गर्देै सभामुख विष्टले हिन्दु धर्मले भेदभाव गर्ने भन्दा पनि सवैको आस्थाको केन्द्र हिन्दु धर्म बनाउनु पर्ने जोड दिए । उनले हामी कला,संस्कृतिका धनी भएपनि त्यसको समुचित विकास तथा संरक्षण ,सम्बद्र्धन हुन नसक्दा कतिपय मौलिक संस्कतिहरु हराउदै..

महामन्त्रीद्वय शर्मा र थापा अडानबाट टसमस नहुँदा संकटमा देउवा

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्माले आफ्नो अडान नछाड्दा सभापति शेरबहादुर देउवा संकटमा परेका छन् । आज (मंगलबार) सभापति देउवाले बुढानीलकण्ठमा महामन्त्रीद्वय र उपसभापति धनराज गुरुङ र पूर्णबहादुर खड्कालाई बोलाएका थिए । पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले महामन्त्री र उपसभापतिहरुलाई बोलाएर मध्यमार्गी उपाय निकाल्न खोजेका थिए । पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने प्रस्ताव..

एकीकृत समाजवादीभित्र प्रष्ट गुटबन्दी

११ भदौ, काठमाडौं । एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष चुनावी प्रतिस्पर्धासम्म पुगेको छ । मंगलबार पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि भएको मतदानमा गुटगत प्रतिस्पर्धा भएको हो । वरिष्ठ उपाध्यक्षसहित १८ पदका निम्ति मनोनयन दर्ता गर्दा प्रष्ट गुटगत उम्मेदवारी देखिएको थियो । तर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसहमत भए । घनेन्द्र बस्नेतलाई उम्मेदवारी फिर्ता लिन सहमत गराएर पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । स्रोतका अनुसार बस्नेतलाई वरिष्ठ नेताको आश्वासन दिइएको छ ।..

झापाका ६ पालिकामा आज श्रीकृष्ण रथयात्रा निकालिदैँ, सुरक्षा व्यवस्था कडा

११ भदौ, झापा । आज मंगलबार झापाका ६ पालिकामा श्रीकृष्ण रथयात्रा हर्साेउल्लासका साथ निकाल्ने तयारी गरिएको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ । सोही बमोजिम जिल्लाको भद्रपुर, दमक, गौरीगञ्ज, बिर्तामोड, झापा र गौरादहमा श्रीकृष्ण रथयात्रा निकाल्ने तयारी गरिएको हो । जिल्लाको सदरमुकाम भद्रपुरमा २२औं पटक निकालिने श्रीकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भइसकेको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष किरण भारतीले जानकारी..

सिँचाइपोखरीमा डुबेर दुई बालकको मृत्यु

११ भदौ, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ । च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ सिँचाइपोखरीमा डुबेर मृत्यु भएको हो । दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको थियो । बेलुका पौने छ बजे फेला पारिएका..

रैथाने खाजा रु ५० मा

११ भदौ, झापा । आम उपभोक्तालाई स्वस्थकर खाना ‘सर्भ’ गरेर नाफा होइन, सेवा गरिरहेका छन– झापा गाउँपालिका–७ का काजी राउत । दमक–६ बेलडाँगी रोडमा रहेको डेरानजिकै उनको ‘काजी खाजा पसल’ छ । चिटिक्कको यही पसलबाट उनी ग्राहकलाई नियमित स्वस्थकर खाजा खुवाइरहेका छन । हुन त विगतमा उनको पसलमा पनि आम खाजा पसल या होटलमा झैं मेनुमा मःम, चाउमिन, थुक्पा, चाउचाउ तथा कोक, फेन्टा, स्प्राइटहरू नै हुन्थ्यो । अहिले भने उनको पसलमा जंक फुड पूर्ण..

सवारी कर्जाको व्याजदर सस्तियो

११ भदौ, काठमाण्डौँ । ब्याज महँगो भएकै कारण बैंकबाट ऋण लिएर गाडी (अटो) किन्न सकिनँ भनेर चिन्तामा बस्नुपर्ने अवस्था अब रहेन । बैंकमा पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले सवारी कर्जाको ब्याजदर धेरै घटाएका छन् । ब्याजदर घटेसँगै समग्र सवारी कर्जा सस्तिएको छ भने ग्राहकको आकर्षण बढेको छ । कम ब्याजमा ऋण पाइने भएपछि सवारी कर्जाबारे बुझ्नकै लागि बैंकमा आउने ग्राहक बढेको र यसले चहलपहल बढाएको बैंकरहरू बताउँछन् । इच्छा हुँदाहुँदै पनि महँगो ब्याजदरकै..

साधारण सदस्य समेत नरहने गरी रास्वपाले हटायो मुकुल ढकाललाई

११ भदौ, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो । रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो । ढकालले दुवैपटक जवाफ दिँदा..

एसको पादधिकारी निर्वाचन आजः उपाध्यक्षमा रामकुमारी झाँक्रीको उम्मेदवारी

११ भदौ, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीले पादधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि आज निर्वाचन गर्दैछ । डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत गरेको नेकपा एसले पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भने निर्वाचन गर्न लागेको हो । विभिन्न पदहरुको मनोनयन सकिएको छ । एक वरिष्ठ उपाध्यक्षका लागि राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी परेको छ । यस्तै १ महिला उपाध्यक्ष पदका लागि जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी..

किन अशान्त छ पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तान ?

एजेन्सी । बलुचिस्तान भूगोलका आधारमा पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । तर, जनसंख्याका हिसाबले सबैभन्दा सानो । प्राकृतिक स्रोतमा निकै धनी भए पनि बलुचिस्तान पाकिस्तानकै कम विकसित प्रान्त हो । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने बलुचिस्तानको उत्तरपूर्वमा खैबर पख्तुन्ख्वा, पूर्वमा पन्जाब र दक्षिणपूर्वमा सिन्ध राज्य छन् । बलुचिस्तानको सीमा उत्तरमा अफगानिस्तान र पश्चिममा इरानसँग जोडिएको छ भने दक्षिणतर्फ अरब सागर छ । यो प्रान्तमा विश्वकै सबैभन्दा गहिरो समुद्री बन्दरगाह ग्वादरसमेत छ..