सवैको आस्था हिन्दु धर्म बनाउनु पर्छ : सभामुख विष्ट

सवैको आस्था हिन्दु धर्म बनाउनु पर्छ : सभामुख विष्ट

दमक,११ भदौ । कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले श्रीकृष्ण रथ यात्रा लगायतका मौलिक संस्कृतिले समाजमा सद्भाव कायम गर्न मद्धत पुग्ने बताएका छन् ।
श्रीकृष्ण रथयात्रा ब्यवस्थापन समिति दमकले मंगलवार यहाँ आयोजना गरेको श्रीकृष्ण रथयात्राको शुभारम्भ गर्देै सभामुख विष्टले हिन्दु धर्मले भेदभाव गर्ने भन्दा पनि सवैको आस्थाको केन्द्र हिन्दु धर्म बनाउनु पर्ने जोड दिए ।
उनले हामी कला,संस्कृतिका धनी भएपनि त्यसको समुचित विकास तथा संरक्षण ,सम्बद्र्धन हुन नसक्दा कतिपय मौलिक संस्कतिहरु हराउदै जानु चिन्ताको विषय भएको औल्याए ।
नेपाल र नेपाली भित्रको विविधताले समृद्धि देशको विकासमा टेवा पुग्ने उनको भनाई थियो ।
रथयात्रा शुभारम्भ कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा,दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई लगायतका जप्रतिनिधिहरु ,सामाजिक क्षेत्रका अगुवा तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
दमक -७ स्थित राधा कृष्णमन्दिरबाट निकालिएको रथयात्रा दमकको चौंक,वजारमा परिक्रमा गरिएको रथयात्रा ब्यवस्थापन समितिका अध्यक्ष रोहित आचार्यले जानकारी दिए ।
रथयात्रामा नेवारी समुदायको लाखे नाच, प्राचिन नौमती पञ्चे वाजा,सन्थालको नाच,लिम्वूको च्याबुङ्ग नाच,सशस्त्र प्रहरीको बाजा लगायतको विभिन्न झाँकीसहित निकालिएको थियो।
अध्यक्ष आचार्यका अनुसार रथयात्रा हनुमान मन्दिर,पशुहाट पूर्व पश्चिम राजमार्ग, दमक चोक, फर्निचर लाइन पशुपति मन्दिर ,शंखधर शाख्वा चोक, भृकुटी चोक,भानु भक्त चोक ,फाल्गुनन्द चोक हुदै पुनः राधाकृष्ण मन्दिरमा आएर औपचारिक रुपमा समापन भएको थियो ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ । सोही अनुसार दमकमा पनि वृहत रथयात्रा निकालिएको हो ।
यसैगरि, श्रीकृष्ण जन्मअष्टमीका अवसरमा कमलको पाडाजुंगी र मंगलबारेमा पनि विभिन्न कार्यक्रम गरिएका छन् । पाडाजुंगीको दुर्गामन्दिरमा र मंगलवारेमा स्थानीय सगुन युवा क्लवले अघिल्ला वर्षझै यसवर्ष पनि जन्मअष्टमी मनाएका हुन् । सगुन युवा क्लवका अध्यक्ष देवी आङदेम्बेका अनुसार जन्मअष्टमीका अवसरमा श्रीकृष्णको विशेष पूजाआजा गरि विभिन्न मौलिक खेलहरु प्रस्तुत गरि मनोरञ्जन प्रदान गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270