विशेष

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
१३ भदौ, काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो । बोर्डको अध्यक्षका लागि बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले..

एनसेल लाइसेन्स नवीकरणको २० अर्ब चार किस्तामा बुझाउने, पहिलो किस्ता तिरेपछि नवीकरण हुने
१३ भदौ, काठमाडौं । सरकारले एनसेल मोबाइल लाइसेन्सको नवीकरणकाे शुल्क चार किस्तामा बुझाउने शर्तसहित नवीकरण गर्न दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले एनसेललाई नवीकरण दस्तुरबापतको २० अर्ब रुपैयाँ किस्ताबन्दीमा तिर्न दिने शर्तसहित मोबाइल नवीकरण गर्न दिने निर्णय गरेको हो । बैठकले एनसेलको नवीरकणबापतको दस्तुर २० अर्बको ब्याजसहित ४ किस्तामा बुझाउने शर्तमा एनसेलको मोबाइल लाइसेन्स नवीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा..

काँकडभिट्टा नाकाबाट ३२ करोडको सिमेन्ट निर्यात
१३भदौ, झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०–८१ मा पूर्वी नाका हुँदै रु ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार नौ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो । देशका विभिन्न नाकाबाट विगत तीन वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि यस नाकाबाट..

नेपाललाई डोहोर्याउने रामकुमारी एसमा किन हारिन् ?
१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष रामकुमारी झाँक्री पराजित भएपश्चात धेरैले तीन वर्ष अगाडिको दृष्य सम्झिए । नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी दर्ता गर्न जाँदा रामकुमारीले माधव नेपालको हात समातेर लगेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । नयाँ पार्टी निर्माणमा यसरी नेपाललाई बलियो हात दिएकी झाँक्री अहिले उनै नेपालको दरिलो साथ नपाउँदा उपाध्यक्ष बन्न वञ्चित भइन् । पार्टीबाहिर खासै परिचित नरहेकी जयन्ती राईले झाँक्रीलाई हराउँदै महिला..

इलाममा दाहसंस्कार गर्दा गाडीको टायर र प्लास्टिकजन्य पदार्थ प्रयोग गर्न प्रतिबन्ध
१२ भदौ, इलाम । इलाम नगरपालिका–४ ले आफ्नो वडामा पर्ने पुवाखोलामा मानव शवको अन्तिम दाहसंस्कारमा गाडीको टायर तथा प्लास्टिकजन्य पदार्थ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । प्रायः धेरै स्थानमा पछिल्लो समय मानव शरीरको दाहसंस्कार गर्दा चाँडो शव जलाउँदा घाटहरूमा दाउरासँगै टायर र प्लास्टिकजन्य पदार्थ प्रयोग गर्ने गरिएको छ । तर, टायर र प्लास्टिकजन्य पदार्थले मानवस्वास्थ्य र वातावरणमा प्रतिकूल असर गर्ने भएकाले यसको प्रयोगमा पूर्ण प्रतिबन्ध गरेर परम्परागत ढंगबाटै शव जलाउन..

झापाको दमकमा १० दिने किरात सिरिजंगा लिपिको प्रशिक्षण सुरु
१२ भदौ, झापा । झापाको दमकमा १० दिने किरात सिरिजंगा लिपिको प्रशिक्षण कार्यशाला सुरु भएको छ । लिम्बू बिधार्थी मन्च दमक बहुमुखी एकाइ समितिको आयोजनामा उक्त प्रशिक्षण हिजोबाट सुरु भएको हो । दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजना भईरहेको उक्त कार्यशालामा ४० जनाको सहभागिता रहेको संयोजक आकाश लावती लिम्बूले जानकारी दिनुभयो । भदौ २१ गतेसम्म संचालन हुने कार्यशालाको सहजीकरण भाषालिपि तथा साँस्कृतिक अभियन्ता थेयुसा फागोले गरिरहनुभएको छ । लिम्बू विद्यार्थी मन्चले..

आदिवासी राजवंशी, गनगाई, ताजपुरिया समुदायले मनाए दधिकाद पर्व
१२ भदौ, झापा । नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, गनगाई, ताजपुरिया जातिले दधिकाद पर्व मनाएका छन् । धार्मिक एवम सांस्कृतिक रुपमा महत्त्वपूर्ण यो खेल पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले श्रीकृष्ण जन्माष्टमीको भोलि या पर्सीपल्ट दधिकाद पर्व मनाउँछन् । दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान श्रीकृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको सम्झनामा अहिले माटोको हिलोलाई नै..

डेंगुको संक्रमणबाट इलामका एकको मृत्यु
१२ भदौ, इलाम । डेंगुको संक्रमणबाट इलाममा आज एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा रोङ गाउँपालिका-१ निवासी ३६ वर्षीय नारायण ढकाल रहेका छन्। उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको मृतकका भाइ नरेन्द्र ढकालले जानकारी दिए। ढकालका अनुसार मृतक नारायणलाई अत्यधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्यायाइएको थियो। प्लेटलेटको संख्या ह्वात्तै घटेर उनको निधन..

एन्फा महासचिवको तलब २ लाख ७० हजार पुर्याइयो, राष्ट्रिय खेलाडीको ३० हजार
काठमाडौं, १२ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ । अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रूपैयाँ पुर्याउने प्रस्ताव राखेका थिए । केही सदस्यको असन्तुष्टिका बाबजुद यो प्रस्ताव बहुमतले पारित भएको छ । हाल महासचिव किरण राईले १ लाख..

समाजवादीको पदाधिकारीमा ७ जना महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी
१२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनबाट कम्तीमा ७ जना नेता महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी भएका छन् । भुसाल पक्षले मतदानका बेला बाँडेको लिस्टबाट ७ जना पदाधिकारी विजयी भएका हुन् । मतदानका बेला अध्यक्ष माधव नेपाल पक्ष र महासचिव घनश्याम भुसाल पक्षबाट फरक फरक लिस्ट बाँडिएको थियो । केही नेता दुवै लिस्टमा परेका थिए । सम्मानित नेता झलनाथ खनालको समर्थन भुसाल पक्षमा थियो । भुसाल पक्षबाट उपाध्यक्ष..