विशेष

प्रचण्ड चरित्रः अस्ति पार्टी फुटको अभिव्यक्ति अहिले खण्डन !
१० भदौ, काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत २३ जेठमा पोखरामा पार्टी फुट्न सक्ने संकेत गर्दै दिएको अभिव्यक्तिको अहिले आफैं खण्डन गर्नुपर्ने अवस्थामा पुगेका छन् । पार्टीभित्र नेतृत्व हस्तान्तरणसहित रुपान्तरणको आवाज उठाउँदै आएका उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले कोही मोहन वैद्यहरुकै बाटो हिँड्छ भने दुर्भाग्य हुने बताएका थिए । पोखरामा दिएको प्रचण्डको अभिव्यक्तिले कार्यकर्तामाझमा माओवादी पार्टी फेरि फुट्नै लागेको हो कि भन्ने सशंकित बनाइदियो भने..

आफु बोल्दा नाराबाजी भएपछि देउवाले भनेः लाज नभएकाहरु……
१० भदौ, काठमाण्डौँ । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा आज नाराबाजी भयो । नेताहरुले बोल्ने क्रममा नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित बने । आफू बोल्न थालेलगत्तै नाराबाजी भएपछि देउवाले आक्रोशित हुँदै भने, ‘तपाईंहरु जति कराउनुछ कराउनुस्, लाज पनि छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु । यही हो तिमीहरुको संस्कृति ? यही हो नेपालको चलन ? यही हो सिकेर आएको ? यस्तै छ, गौरापर्व सुन्न..

नेकपा एसको पदाधिकारी चयनका लागि भोली निर्वाचन हुने, कार्यतालिका सार्वजनिक
१० भदौ, काठमाण्डौँ । नेकपा एसको पदाधिकारी चयनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार मंगलबार दिउँसो २ बजेदेखि निर्वाचन हुने भएको छ । त्यसअघि बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ता भइ दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामवली प्रकाशन हुनेछ । सर्वसम्मत गराउने प्रयास असफल भएपछि जारी केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढेको हो । नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब बढाएका थिए..

फोनिज झापाले मनायो २५ औं स्थापना दिवस
१० भदौ, झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले २५ औं स्थापना दिवस अर्थात रजत बर्ष मनाएको छ । फोनिज झापाले बिर्तामोडमा आईतबार ‘झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको अवस्था र पहुँच’ बिषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरेर २५ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार जन्य संघसंगठनका अगुवाहरुले ब्यवहारिक समावेशिता पत्रकारितामा जोड दिएका थिए । फोनिज झापाकी अध्यक्ष भुमिका फियाक लिम्बूको अध्यक्षतामा भएको..

दमक अस्पताललाई स्वास्थ्य मन्त्रालयले दियो ३० लाखको स्वास्थ्य उपकरण
१० भदौ, झापा । झापाको दमक नगरपालिकाद्वारा सञ्चालित दमक नगर अस्पतालका लागि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट रु ३० लाख मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएको अस्पतालले जनाएको छ । दमक अस्पतालको सेवा विस्तारमा सघाउ पु–याउने लक्ष्यका साथ सङ्घीय सरकारसँग आवश्यक पहलपछि ती सहायता सामग्री आज प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण शाहले जानकारी दिनुभयो । उहाँले प्राप्त स्वास्थ्य सामग्रीबाट अस्पतालको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास..

कोशीमा मन्त्रालय थप हुदैँनः मुख्यमन्त्री कार्की
१० भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताउनुभयो । काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि काँग्रेसका नेताहरुसँगपनि मन्त्रालय नफुटाउने कुराकानी भएको बताउनुभयो । उहाँले भन्नुभयो –‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५..

झापाको मेचीनगरमा निर्मित एक हजार शैयाको होल्डिङ सेन्टर प्रयोगविहीन
१० भदौ, झापा । झापाको मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि कोरोना महामारीको समयमा निर्मित एक हजार शय्याको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको छ । कोरोनाको दोस्रो लहरका बेला नेपाल सरकारले सातै प्रदेशमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माण गर्ने क्रममा दुहागढीमा रु २५ करोडको लागतमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरेको थियो । चार बिघा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा समान डिजाइनका २२ अत्याधुनिक पक्की भवन छन् भने एक सय शय्यामा अक्सिजन आपूर्ति गर्न..

जसपाको सहअध्यक्षमा चेम्जोङ र महासचिवमा राउत मनोनित
१० भदौ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी र कार्यकारिणी समितिले पूर्णता पाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिलाई पूर्णता दिएका हुन् । त्यसबेला अधिवेशन अध्यक्षको मात्रै टुंगो लगाएर सकिएको थियो । साथै त्यसपछि पदाधिकारी मनोनीत गर्ने सर्वाधिकार अध्यक्ष यादवलाई नै दिएको थियो । अध्यक्ष यादवले पार्टीको सहअध्यक्षमा रकम चेम्जोङलाई मनोनीत गरेका छन् भने उपाध्यक्षहरूमा..

इलामका चर्चित वाद्यवादक राम दियालीको निधन
१० भदौ, इलाम । इलाम जिल्लाका चर्चित वाद्यवादक राम दियालीको आइतबार अपराह्न निधन भएको छ । फोक्सोसम्बन्धी समस्याका कारण ८६ वर्षको उमेरमा उनको निधन भएको हो । इलाम नगरपालिका–७ घर भएका दियालीले नेपाली गीत–संगीतमा महत्वपूर्ण योगदान दिएका छन् । पूूर्वीय संगीतको पाठशालाझैं रहेको भारत दार्जिलिङमा वाद्यवादन सिकेर इलामलाई समेत आधुनिक र तारबाजाको प्रयोगतर्फ र्डोयाउनमा दियालीको अतुलनीय योगदान गरेको संगीतकर्मी सम्झिन्छन् । १९९५ सालमा इलाममै जन्मेर उनी २०१०।०१२ सालतिर भारत दार्जिलिङमा..

यो सरकारले फलानोलाई फसाऊ भनेर प्रहरीलाई निर्देशन दिँदैनः प्रधानमन्त्री ओली
१० भदौ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार कुनै पनि अनुचित गतिविधिको प्रभावमा नपर्ने प्रष्ट पारेका छन् । काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार कानून अनुसार चल्ने बताए । उनले भने, ‘ तपाईहरु ढुक्क भएर काम गर्नुस् अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर तपाईहरुलाई निर्देशन दिँदैन । निर्दाेषलाई फसाऊ भन्दैन । निर्दाेष मान्छे फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दाेषलाई दोषी करार गर्ने जस्ता क्रियाकलाप आपराधिक..