विशेष

रफाहामा आक्रमणको तयारी गर्दै इजरायल
८ चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार गाजाको दक्षिणी सहर रफाहामा आक्रमणको तयारी भइरहेको बताएका छन् । तयारी भइरहे पनि आक्रमण सुरु गर्न केही समय लाग्ने उनले बताए । रफाहामा लगभग १.५ मिलियन विस्थापित प्यालेस्टाइनीले शरण लिएका छन् । गएको साता नेतान्याहूले प्यालेस्टाइनी कैदीको बदलामा बन्धकलाई रिहा गर्नेबारे हमासको मागलाई अस्वीकार गरेका थिए ।

भिडियो हेर्ने विषयमा विवाद हुँदा घाँटी रेटेर साथीको हत्या
८ चैत, जनकपुरधाम । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका–२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए । गम्भीर..

विश्वकप र एसियन कपको संयुक्त छनोटअन्तर्गत नेपालले आज बहराइनसँग खेल्दै
८ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यस खेल बहराइनको स्थानीय समय अनुसार राति १० बजे (नेपाली समय मध्यरात १२ः४५) बजे सुरु हुनेछ । खेल बहराइनको रिफास्थित राष्ट्रिय रंगशालमा हुनेछ । आज हुने खेल नेपालको होम म्याच रुपमा हुनेछ । किनभने होम एण्ड अवेका आधारमा हुने छनोटअन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान..

बाँसबारी जग्गा प्रकरणमा आफूमाथि राजनीतिकरण गरिएको बिनोद चौधरीको आरोप
८ चैत, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीमा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् । बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै चौधरीले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण..

प्रधानमन्त्री प्रचण्ड र आईसीसी अध्यक्ष बार्कलेबिच शिष्टाचार भेट
७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले शिष्टाचार भेट गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए । ‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर..

ब्राउन सुगरसहित झापामा सात जना पक्राउ
७ चैत, झापा । झापामा लागु औषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् । प्रहरीले बाह्रदशीबाट तीन जना र गौरादहबाट चार जनालाई एकै दिन पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका ५ बजे बाह्रदशी गाउँपालिका–२ स्थित बिरिङ पुलमा मे ७ प १०२७ नम्बरको मोटरसाइकलमा सवार चालक झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक, मोटरसाइकलको पछाडि सवार सोही ठाउँका..

१८ वर्षीय सेन्ट्रल मिडफिल्डर कोबी पहिलोपटक इङ्ल्यान्डको राष्ट्रिय टोलीमा
७ चैत । इङ्ग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका कोबी माइनुलाई पहिलोपटक इङ्ल्यान्डको राष्ट्रिय टोलीमा बोलाइएको छ। ब्राजिल र बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेलका लागि १८ वर्षीय सेन्ट्रल मिडफिल्डर माइनुलाई टोलीमा बोलाइएको हो। इङ्ल्यान्ड फुटबल संघले मंगलबार विज्ञप्तिमा जारी गर्दै भनेको छ,‘कोबी माइनुलाई इङ्ल्यान्डको सिनियर टोलीमा पहिलो पटक बोलाइएको छ।’ मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा गर्नुअघि इङ्ग्ल्यान्डले ब्राजिल र बेल्जियमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने..

खेलकुदमन्त्री श्रेष्ठ र आईसीसी अध्यक्ष बार्कलेबीच भेटवार्ता
७ चैत, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेबीच भेटघाट भएको छ। युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा बुधबार भएको भेटघाटमा नेपाल क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको थियो। भेटमा नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्त्वलाई पहिचान गर्दै विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको बार्कलेले जानकारी दिए। मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण..

चट्याङ लागेर पाँचथरमा प्रहरी सहायक हवल्दारको मृत्यु
७ चैत, पाँचथर। चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो । गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्याएका..

सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्न पैदल यात्रा गर्दै प्रहरी
७ चैत, झापा । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् । आज बिहान मेचीनगर नगरपालिका–७ सतिघट्टास्थित ९१÷१ नम्बरको सीमा स्तम्भबाट सुरु भएको उक्त यात्रामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती, नेपाली सेनाका गणपति प्राजु बस्न्यात, सशस्त्र..