विशेष

‘रास्वपा’ का ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर
८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर भएको छ । निर्वाचन आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै १५ हजार जरिवाना तोकेको थियो । उच्च अदालत पाटनले बुधबार आयोगको उक्त निर्णय खारेज गरेको हो । आयोगको निर्णयविरुद्ध १४ साउनमा ४ सांसदले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

राजनीतिक स्थिरताबिना देशमा सुशासन कायम हुँदैनः डा. भट्टराई
८ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले राजनीतिक स्थिरताबिना देशमा सुशासन कायम नहुने बताएका छन्। काठमाडौंमा हिजो (बुधबार) पत्रकार सम्मेलन गर्दै भट्टराईले भने, ‘राजनीतिक स्थिरताबिना देशमा सुशासन हुँदैन। त्यसको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदको व्यवस्था हुनैपर्छ।’ एक वर्षमा तीनचोटि सरकार परिवर्तन भएको पनि उनले बताए। ‘यस्तो अस्थिरतामा देश विकास हुँदैन,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री तथा पूर्ण समानुपातिक..

रुसी सेनामा कार्यरत झापा हल्दिबारीका ३२ वर्षीय गंगाराम अधिकारीको मृत्यु
८ चैत । राजनीतिले सही गति दिन नसक्दा जन्मेको मुलुकमा बसेर सेवा गर्दै मर्न चाहनेहरू पेट पाल्नकै लागि अर्काको भूमिका अकालमा मर्नु पर्ने बाध्यता आउने रहेछ । पछिल्लो पटक रूसी सेनामा भर्ना हुन पुगेका झापाका गंगाराम अधिकारी सहित ७ जना युवाले अवैध बाटो रोजेर पेट पाल्नका लागि अकालमा मर्नु परेको बाध्यता हेर्दा नेपालको राजनीति कहिले सही गतिमा आउला भन्ने प्रश्न उठिरहेको छ । झापाको हल्दिवारी १ का ३२ वर्षीय गंगाराम..

कृष्णबहादुर महरासँग आज पनि बयान लिइँदै
८ चैत, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौँ कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए । कार्यालयका प्रमुख श्रेष्ठका अनुसार महरासँग बयान शुरु भएको र आज पनि बयान लिइनेछ । उनलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन..

श्रमसचिव भण्डारीको राजीनामा स्वीकृत, चूडामणि पौडेल सचिवमा बढुवा
८ चैत, काठमाडौं । चूडामणि पौडेललाई सरकारले विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषदले २३ भदौमा सहसचिव पौडेललाई सरकारले कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो । उनी हालसम्म सोही पदमा कायम छन् । अब सचिव बढुवा भएसँगै उनको पदस्थापन पनि कर्णालीमै हुने छ । पौडेल यसअघि २ पटक सचिव बढुवा..

नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, झापामा ४ जना फेरिदै
८ चैत । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसअनुसार खाली रहेको जिल्ला प्रहरी कार्यालय झापामा कृष्णकुमार चन्द आउने भएका छन् । उनी प्रहरी वृत्त चापागाउँ ललितपुरबाट आउने भएका हुन् । डिएसपी खगेन्द्रप्रसाद रिजाल सेवा निवृत्त भएपछि जिल्ला प्रहरी कार्यालयमा..

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने
८ चैत, झापा । अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपियन मुलुक माल्टामा हुने भएको छ । सम्मेलन अप्रिल २७ र २८ तारिख अर्थात आगामी वैशाख १५ र १६ गते हुने भएको हो । समाजको दोस्रो बैठकले तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । विश्वभरि छरिएर रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजको एक..

सँगै सुतेको साथीलाई खन्तीले हानेर हत्या
८ चैत, झापा । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो । सनमको हत्या उनकै साथी अन्दाजी ३० वर्षीय कमान सिंह राई (लोक) ले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना आज बिहिवार बिहान ५ बजेको हो । कमान र सनम साथी हुन् । कमान गएराति सनमको घरमा..

आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ८ सय
८ चैत । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २६ सयले रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८ सय कायम भएको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २ सय कायम गरेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २४ हजार..

बलिया टोलीलाई नेपाल बोलाउन पर्याप्त पूर्वाधारसहितको रंगशाला अनिवार्यः बार्कले
८ चैत, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष ग्रेग बार्कले नेपालले क्रिकेट पूर्वाधार विकासमा अझै जोड दिनुपर्ने बताएका छन्। तीन दिने भ्रमणका क्रममा नेपालमा रहेका उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानको अवलोकन गरेपछि उक्त कुरा बताएका हुन्। नेपालले बलिया टोलीलाई बोलाउन पर्याप्त पूर्वाधारसहितको रंगशाला अनिवार्य भएको उनले बताए। तर, उक्त पूर्वाधार नेपालसँग नरहेको उनले बताए। ‘नेपालमा धेरै समर्थक छन्। तर, पूर्वाधारमा धेरै विकास गर्नुपर्ने आवश्यकता छ। रंगशालामा..