१८ वर्षीय सेन्ट्रल मिडफिल्डर कोबी पहिलोपटक इङ्ल्यान्डको राष्ट्रिय टोलीमा

१८ वर्षीय सेन्ट्रल मिडफिल्डर कोबी पहिलोपटक इङ्ल्यान्डको राष्ट्रिय टोलीमा


७ चैत । इङ्ग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका कोबी माइनुलाई पहिलोपटक इङ्ल्यान्डको राष्ट्रिय टोलीमा बोलाइएको छ।

ब्राजिल र बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेलका लागि १८ वर्षीय सेन्ट्रल मिडफिल्डर माइनुलाई टोलीमा बोलाइएको हो।

इङ्ल्यान्ड फुटबल संघले मंगलबार विज्ञप्तिमा जारी गर्दै भनेको छ,‘कोबी माइनुलाई इङ्ल्यान्डको सिनियर टोलीमा पहिलो पटक बोलाइएको छ।’

मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा गर्नुअघि इङ्ग्ल्यान्डले ब्राजिल र बेल्जियमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ।

पहिलो मैत्रीपूर्ण खेल शनिबार वेम्बलीमा ब्राजिलसँग हुने छ। बेल्जियमसँग भने इङ्ल्यान्डले मार्च २६ मा खेल्ने तय छ।

यो खेलमार्फत माइनुलाई युरोकपमा आफ्नो स्थान सुरक्षित गर्ने मौका हुने छ। गत फेब्रुअरीमा नेसन्स लिगको ‘ड्र’ मा बोल्दै प्रशिक्षक साउथगेटले माइनुको प्रशंसा गरेका थिए।

‘उनी निकै प्रगतिशील खेलाडी हुन्। आफ्नो करिअरमा शानदार शुरूआत गरेका छन्। उनी रक्षात्मक मिडफिल्डर हुनेछन्,’ उनले भनेका थिए।

माइनु ९ वर्षको उमेरमा युनाइटेडमा आवद्द भएका थिए। इङ्ल्यान्डको यू १८ टोलीबाट ७ खेल खेलेका उनले सन् २०२३ मा चार्लटन एथलेटिकविरुद्ध लिग कपमार्फत युनाइटेडमा डेब्यु गरेका थिए।

गत वर्ष नोभेम्बरमा एभर्टनविरुद्ध उनी शुरूआती ११ मा मैदान उत्रिएका थिए। जनवरीमा न्युपोर्टमा युनाइटेडले एफए कप जित्दा क्लबका लागि उनले पहिलो गोल गरेका थिए।

प्रतिक्रिया:

सम्बन्धित खवर