लिबियामा ६५ आप्रवासीको शव भएको सामूहिक चिहान फेला

१० चैत । यस साता दक्षिणपश्चिम लिबियामा ‘कम्तीमा ६५ आप्रवासीको शव’ भएको सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले शुक्रबार बताएको छ । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का एक प्रवक्ताले सामूहिक चिहानलाई लिबियाली सुरक्षा बलहरूले फेला पारेको बताए । आइओएमले ‘अत्यन्तै स्तब्ध र निराश’ भएको बताएको छ । साथै उसले मृत्युको अवस्था ‘अज्ञात’ बनेको बताएको छ । एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, ‘तर मरुभूमिमा तस्करीका क्रममा उनीहरूको मृत्यु..

राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणका लागि खुला गरिने

१० चैत । तत्कालीन राजा महेन्द्रको निधन भएको भरतपुर आँपटारीस्थित दियालो बंगला दरबार सर्वसाधारण नागरिकहरुका लागि खुला गरिने भएको छ । नेपाल राष्ट्रको स्वामित्वमा रहेको दरबार आगामी वैशाख १५ गतेभित्र सर्वसाधारणका लागि खुला गर्ने गरी भरतपुर महानगरपालिका र नेपाल राष्ट्रका बीच शुक्रवार सम्झौता भएको हो । महानगर प्रमुख रेनु दाहाल र नेपाल राष्ट्रका सदस्य सचिव झलकराम अधिकारीले दियालो बंगाला खुला गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्रको ७८औं सञ्चालक..

दीपक र सन्तोषीले जिते तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि

१० चैत्र, काठमाडौं । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको हाफ म्याराथनको पुरुषतर्फ दीपक अधिकारीले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे । उनले नेपाल एपीएफ क्लबका गोपिचन्द्र पार्कीलाई ९ सेकेन्डले पछि पारेका थिए । पार्कीले १ घण्टा ७ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हात पारे । तीर्थ..

झापाको अर्जुनधारामा सुपारी चोर पक्राउ

९ चैत, झापा। झापाको अर्जुनधारामा सुपारी चोर्दै गरेको अवस्थामा बगानबाटै चोर पक्राउ परेका छन् । बिहिवार बेलुकी अन्दाजी ७ बजे अर्जुनधारा–५ फुलबारी टोलस्थित देवि गिरीको सुपाडी बगानबाट काचो सुपारी झारी बोरामा लगाएर लैजादै गरेको अवस्थामा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधारा–७ बस्ने सुनिल राई र अर्जुनधारा–८ बस्ने ‘आलो’ भनिने सुरज मण्डल रहेको प्रहरीले बताएको छ। उनीहरुको साथबाट ५ वटा बोरामा भरेको १..

झापामा मिटर ब्याजसम्बन्धी कारबाही सुरु

९ चैत, बिर्तामोड । झापामा अनुचित लेनदेन अर्थात मिटरब्याज लिनेहरूमाथि कानुनी कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएका मिटर ब्याजसम्बन्धी निवेदन र जाहेरीउपर कारबाही सुरु गरिएको हो । अहिलेसम्म झापामा मिटर ब्याजसम्बन्धी ८२ वटा निवेदन र जाहेरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ६८ वटा निवेदन, जिल्ला प्रहरी कार्यालयमा ६ वटा निवेदन र ६ वटै जाहेरी र इलाका..

अफगानिस्तानमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु, ५० घाइते

९ चैत । अफगानिस्तानको कान्दहारमा आत्मघाती बम विस्फोटमा परी २१ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । यो विस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ । अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा विहीबार बम विष्फोट भएको थियो । त्यतिबेला सेवाग्राहीहरुको भीड थियो । धेरैजसो सेवाग्राही तलब निकाल्न बैंकमा लाइन लागेका थिए । त्यहीबेला आत्मघाती बम विस्फोट भएको थियो । बीबीसीका अनुसार तालिबान सरकारले..

बलात्कार अभियोगमा ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई ९ वर्ष जेल सजाय हुने

९ चैत । ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई बलात्कार अभियोगमा ब्राजिलको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजायँ सुनाएको थियो । त्यतिबेला उनी एसी मिलानका लागि खेल्दथे । इटलीको अदालतले सजायँ सुनाउनु अघि नै उनी ब्राजिल..

काठमाडौंमा एमालेको हैसियत दस प्रतिशत मात्रै भयो, यसलाई बदल्नु छ’- एमाले अध्यक्ष ओली

८ चैत, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा पार्टी दस प्रतिशतमा खुम्चिएको बताएका छन्। पार्टी काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दसवटा निर्वाचन क्षेत्रमध्ये एमालेले मुस्किकले एउटा जित्न सकेको बताएका हुन्। ‘गएको निर्वाचनमा दसवटा निर्वाचन क्षेत्रमध्ये एउटामा हामीले मुस्किलले जित्यौं। यस स्थितिलाई अनिवार्यरूपले बदल्नु छ। बदल्नैपर्छ। एमालेका लागि काठमाडौंमा यस्तो खालको पराजय कुनै हालतमा पनि स्वीकार्य हुन सक्दैन।..

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीले दिए बयान

८ चैत, काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद विनोद चौधरीले बिहीबार करिब ३ घन्टा बयान दिएका छन् । माइतीघर मण्डलास्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा गएर उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसन्धान अधिकृतहरू र सो मुद्दा हेर्ने सरकारी वकिललाई बयान दिएका हुन् । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको कम्पाउण्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयर मार्फत ‘चौधरी समूह’ले जग्गा निजीकरण गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ..

शाखा अधिकृतको तीन करोड २१ लाख अवैध सम्पत्ति, अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

८ चैत, काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत याम कुमार कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ । कार्कीले पदीय मर्यादा विपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो । सो सम्बन्धमा छानबिन हुँदा उनको तीन करोड एक्काइस लाख बत्तीस हजार नौ सय छपन्न रुपैयाँ पचहत्तर पैसा बराबरको सम्पत्ति अवैधानिक देखिएकाले सोही बराबरको रकम बिगो..