खेलकुदमन्त्री श्रेष्ठ र आईसीसी अध्यक्ष बार्कलेबीच भेटवार्ता

खेलकुदमन्त्री श्रेष्ठ र आईसीसी अध्यक्ष बार्कलेबीच भेटवार्ता

७ चैत, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेबीच भेटघाट भएको छ।

युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा बुधबार भएको भेटघाटमा नेपाल क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको थियो।

भेटमा नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्त्वलाई पहिचान गर्दै विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको बार्कलेले जानकारी दिए।

मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवद्र्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए।

 

प्रतिक्रिया:

सम्बन्धित खवर