जनतामा आशा र भरोसा जगाउने कुरामा केन्द्रित भएर काम गर्न सरकारलाई एमालेको सुझाव

११ चैत, काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न सरकारलाई सुझाव दिएको हो । सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउँदै, समाजमा रहेको निराशालाई चिर्दै अवरुद्ध विकास, समृद्धि र सुशासनको प्रक्रियालाई..

६ सेकेन्डमै गोल गर्दै क्रिस्टोफर बने अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी

११ चैत । अस्ट्रियाका क्रिस्टोफर बाउमगार्टनेर अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शनिबार राति स्लोभाकियाविरुद्ध बाउमगार्टनेरले सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले स्लोभाकियाविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै गोल गरेका थिए । सेन्टरबाट बल चलाएलगत्तै उनले स्लोभाकियाका तीन खेलाडीलाई कटाउँदै १८ यार्ड बक्सबाहिरबाट सेकेन्ड बारमा गोल गरेका थिए । उनले खेल सुरु भएपछि बलमा कुल आठ ‘टच’ गर्दै गोल..

सुहाङलाई समर्थन गर्न एमालेले गर्यो ‘रास्वपा’लाई अनुरोध

११ चैत, काठमाण्डौँ । नेकपा एमालेले इलाम २ मा हुने उपनिर्वाचनमा उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुरोध गर्ने भएको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्न आह्वान गरिने बताए । उनले भने, ‘उहाँ डिजर्भिङ उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छाैं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं ।’ रास्वपाले भने आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको..

च्यासलमा एमाले नेताहरु होली मनाउदैँ (फोटो फिचर)

११ चैत, काठमाण्डौँ । नेकपा एमालेका नेताहरूले होली मनाएका छन् । पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक बस्नुअघि नेताहरूले एकअर्कामा रङ दलेर खुशी साटासाट गरे । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेललगायतका पार्टी पदाधिकारीले एकअर्कामा रङ दलेका हुन् ।

बझाङ प्रदेशसभा १ बाट दमन भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

११ चैत, काठमाण्डौँ । नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । इलाम २ को उपचुनावमा सुहाङ र बझाङ प्रदेशसभा १ को उपचुनावमा भण्डारीलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

इलाम २ को उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

११ चैत, इलाम । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । पेशाले अधिवक्ता सुहाङले पछिल्लो..

‘होलीपर्व’ले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान पुर्याउँछः राष्ट्रपति

११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन्। होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख बताएका छन्। उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे। ‘होलीपर्व असत्यमाथि..

मस्को कन्सर्ट हल आक्रमणः मृत्यु हुनेको संख्या १३३ नाघ्यो

११ चैत । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा शुक्रबार राति भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ नाघेको छ । मृत्यु हुनेमा बालबालिकादेखि वृद्ध पनि छन् । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर गरेको आक्रमणमा घाइते हुनेको संख्या १२१ छ । १०७ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यो क्रूर नरसंहारमा प्रत्यक्ष संलग्न चार अपराधीसहित ११ जनालाई हिरासतमा लिइएको रूसी संघीय सुरक्षा सेवा (एफएसबी)ले जनाएको छ । व्यापारिक केन्द्रसहितको हलमा शुक्रबर..

आयरल्याण्डसँग खेल्ने नेपाल ए टीमको घोषणा

११ चैत । आयरल्याण्ड वल्भससँग खेल्ने नेपाल ए टीमको टोली घोषणा भएको छ । टी–यू क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एक दिवसीय र टी–२० दुवै खेलका लागि क्यानले टोली घोषणा गरेको हो । विनोद भण्डारीको कप्तानीमा दुवै फम्र्याटको टोली घोषणा गरिएको हो । टी–२० को टोलीमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री,..

जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा शिवसताक्षीको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा सरसफाई 

११ चैत, झापा । झापाको शिवसताक्षी नगरपालिकामा नेकपा एमालेको प्रभात फेरी कार्यक्रम अन्तर्गत नगरका सबै वडामा विभिन्न कार्यक्रम सञ्चालन भएको छ । आसन्न नेकपा एमालेको झापा जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा जिल्ला कमिटीको निर्णय अनुसार शिवसताक्षीमा विभिन्न कार्यक्रम सञ्चालन भएको हो । शिवसताक्षी वडा ९ को वडा कमिटीले नगरको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा झरीका बीच पनि सरसफाई गरेको नेकपा एमाले नगर अध्यक्ष मेगाहाङ्ग थोप्रा (रोषन) ले जानकारी दिनुभयो । त्यस्तै वडा..