६ सेकेन्डमै गोल गर्दै क्रिस्टोफर बने अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी

६ सेकेन्डमै गोल गर्दै क्रिस्टोफर बने अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी


११ चैत । अस्ट्रियाका क्रिस्टोफर बाउमगार्टनेर अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शनिबार राति स्लोभाकियाविरुद्ध बाउमगार्टनेरले सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

उनले स्लोभाकियाविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै गोल गरेका थिए । सेन्टरबाट बल चलाएलगत्तै उनले स्लोभाकियाका तीन खेलाडीलाई कटाउँदै १८ यार्ड बक्सबाहिरबाट सेकेन्ड बारमा गोल गरेका थिए । उनले खेल सुरु भएपछि बलमा कुल आठ ‘टच’ गर्दै गोल गरे ।


“पक्कै पनि यो निकै सानदार थियो । म धेरै खुसी छु । यो पक्कै पनि सनसनीपूर्ण थियो,” गोलबारे प्रतिक्रिया दिँदै बाउमगार्टनेरले भने ।

खेलमा अस्ट्रिया २–० ले विजयी भयो ।

दोस्रो सबैभन्दा छिटो गोल
शनिबार राति नै भएको फ्रान्स र जर्मनीविरुद्धको खेलमा पनि अन्तर्राष्ट्रिय फुटबलको दोस्रो सबैभन्दा छिटो गोल भयो । फ्रान्सविरुद्ध जर्मनीका फ्लोरिन विट्र्जले सात सेकेन्डमा गोल गरे । खेलमा जर्मनीले फ्रान्सलाई २–० ले हरायो ।

यसअघि, अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान जर्मनीका लुकास पोडोलस्कीको नाममा थियो । उनले सन् २०१३ मा इक्वेडरविरुद्ध सात सेकेन्डमा गोल गर्दै यो कीर्तिमान बनाएका थिए ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर