जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा शिवसताक्षीको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा सरसफाई 

जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा शिवसताक्षीको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा सरसफाई 

११ चैत, झापा । झापाको शिवसताक्षी नगरपालिकामा नेकपा एमालेको प्रभात फेरी कार्यक्रम अन्तर्गत नगरका सबै वडामा विभिन्न कार्यक्रम सञ्चालन भएको छ ।
आसन्न नेकपा एमालेको झापा जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा जिल्ला कमिटीको निर्णय अनुसार शिवसताक्षीमा विभिन्न कार्यक्रम सञ्चालन भएको हो ।

शिवसताक्षी वडा ९ को वडा कमिटीले नगरको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा झरीका बीच पनि सरसफाई गरेको नेकपा एमाले नगर अध्यक्ष मेगाहाङ्ग थोप्रा (रोषन) ले जानकारी दिनुभयो ।

त्यस्तै वडा कमिटी ४ ले जनता बजारमो रहेको वडा नं. ४ को कार्यालयमा सरसफाई गरेको जनाएको छ । नेकपा एमालेले नगरका अधिकांश वडाहरुमा विभिन्न कार्यक्रम गरेको नेकपा एमाले नगर कमिटीले जनाएको छ ।

नेकपा एमालेको झापा जिल्ला अधिवेशन यही चैत्र १५ र १६ गते हुने भएको छ । जिल्ला अधिवेशनका लागि सबै झापा सबै नगर तथा वडाहरुबाट प्रतिनिधि छनौट समेत भइसकेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर