मेची भन्सार कार्यलयबाट चिया निर्यातमा बृद्धी, अलैँची निर्यातमा कमी

५ कार्तिक, झापा । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख..

प्रेम आले भन्छन्- मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ

५ कार्तिक, काठमाण्डौँ । सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन् । नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए । आलेले नेपाल प्रेससँग भने, ‘म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ । नेकपा एस छाडिकेको छु । अहिले म तटस्थ छु । कतै जाने सोचेको छैन । मैले नेकपा एसको त महाधिवेशन नै बहिष्कार गरेँ । त्यहाँ त म रहँदै रहन्नँ ।’..

पोखरामा रास्वपा कार्यकर्ता कालोपट्टी बाँधेर सडकमा, सहकारी पीडित पनि उत्रिए

४ कार्तिक, कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि त्यसको विरोधमा रास्वपा कार्यकर्ता विरोधमा उत्रिएका छन् । उनीहरू कालोपट्टी बाँधेर सडकमा उत्रिएका हुन् । जिल्ला अदालत कास्की वरिपरि कडा सुरक्षा व्यवस्था अपनाइएको छ भने पोखरामा सहकारी पीडितले पनि लामिछानेलाई कारबाहीको माग गर्दै प्रदर्शनको तयारी गरेका छन् । रास्वपाले प्रत्येक जिल्लाबाट कम्तिमा पनि एक सय जना कार्यकर्तालाई पोखरामा उपस्थित भएर विरोध प्रदर्शन गर्न सर्कुलर..

‘क्लिन चिट’पछि रविको नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप हुन्छ: सूर्य थापा

३ कार्तिक, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले ‘क्लिन चिट’पछि रास्वपा सभापति रवि लामिछानेको नयाँ नाटक प्रतिशोध सुपरफ्लप हुन्ने टिप्पणी गरेका छन्। सभापति लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको पुष्टि हुँदा पनि प्रतिशोध साँधेर पक्राउ गरेको दाबी गरेपछि उनले यस्तो बताएका छन्। उनले भनेका छन्, ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयॅा नाटक मन्चन भइरहेछ ‘प्रतिशोध’ सुपरफ्लप हुने बाटो( प्रतिक्षा गरौं।’ सांसद थापाकै..

बर्षातले अगुवा धानबालीमा क्षति

३ कार्तिक, झापा । यो वर्ष अत्याधिक पानी परेको कारण झापाका कृषकले लगाएका अगुवा धानबालीमा क्षति पुगेको छ । केही काटेका धान भिजेका छन् भने केही काट्नलाई तयार पारिएको धान काट्न नपाउँदा खुरीएको छ । विशेष गरी रामधान, हर्दिनाथ–१, चैते–५, जिरामसिना लगायतका धानहरुमा क्षति पुगेको कृषकहरुले बताएका छन् । निरन्तर भएको वर्षाका कारण झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा नगर विकास सहकारीले बीउ उत्पादनका लागि तयार पारिएको हर्दिनाथ–१, चैते–५ र रामधानमा ४०..

कमलमा बसको ठक्करबाट एकको मृत्यु, बसमा आगजनी

३ कार्तिक, झापा । झापाको कमल गाउँपालिका स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रु बाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोशित भीडले बसको अगाडि भागमा आगजनी गर्नुका साथै झ्यालका सिसाहरू समेत फुटाएका छन् । कमल गाउँपालिका–५ स्थित रबी पेट्रोल पम्प अगाडि आज दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा नामक बसले सोही दिशा तर्फ जाँदै गरेको को..

संकटग्रस्त स्थानीय तहलाई ५० लाखदेखि १ करोड राहत रकम

२ कार्तिक । गत असोज १२ गतेको बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई ३ समूहमा बर्गीकरण गरेको छ । जस अनुसार पहिलो समूहमा रहेका ९ स्थानीय तहलाई १ करोड, दोस्रो समूहमा रहेका..

बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी, ४० लाख बराबरको क्षति

२ कार्तिक, झापा । झापको बिर्तामोड नगरपालिका १ को कपास फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ८.३० बजे बिर्तामोड–१ स्थित बरपिपल चोकमा नेक मोहमदले संचालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याट्रीमा अचानक विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्णरुपले जलेर नष्ट भएको छ । बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी , सशस्त्र प्रहरी र..

चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक बृद्धको मृत्यु

२९ असोज, इलाम । सोमबार राति इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक बृद्धको मृत्यु भएको छ । धान खेतमा आएको हात्ती खेदाउने क्रममा ७३ वर्षीय बृद्धको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार राति ९ः३० बजेतिर चुलाचुली १ स्थित घरनजिकै रहेको धान खेतमा हात्ती आएको थियो । हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो । जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएका राईलाई उपचारको..

६ महिनामा ७ लाख ४० हजार अफगान शरणार्थी मातृभूमि फर्किए

काठमाडौं । शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिब ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका बताएका छन् । अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा छिमेकी देशहरूबाट झन्डै ७ लाख ४० हजार अफगान शरणार्थी घर फर्किएको बताएका हुन् । करिब ६ लाख ५० हजार शरणार्थीहरू इरानबाट फर्केका छन् । ८० हजार पाकिस्तानबाट र बाँकी १० हजार टर्किएबाट घर..