![]()
३ कार्तिक, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले ‘क्लिन चिट’पछि रास्वपा सभापति रवि लामिछानेको नयाँ नाटक प्रतिशोध सुपरफ्लप हुन्ने टिप्पणी गरेका छन्।
सभापति लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नभएको पुष्टि हुँदा पनि प्रतिशोध साँधेर पक्राउ गरेको दाबी गरेपछि उनले यस्तो बताएका छन्।
उनले भनेका छन्, ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयॅा नाटक मन्चन भइरहेछ ‘प्रतिशोध’ सुपरफ्लप हुने बाटो( प्रतिक्षा गरौं।’
सांसद थापाकै नेतृत्वको संसदीय विशेष छानविन समितिले रविको सहकारी ठगीमा संलग्नता नभएपनि गोरखा मिडियामा सहकारीको पैसा आएपछि खर्च गर्नमा हात रहेको भन्दै कारवाही सिफारिस गरेको थियो।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७