२ कार्तिक, झापा । झापको बिर्तामोड नगरपालिका १ को कपास फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ८.३० बजे बिर्तामोड–१ स्थित बरपिपल चोकमा नेक मोहमदले संचालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याट्रीमा अचानक विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्णरुपले जलेर नष्ट भएको छ ।
बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा बिहान ९ः४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट कपास बनाउने मेसिनसहित अन्दाजी ४० लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।