सिरिजङगा ३ को वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी

१७ मंसिर, ताप्लेजुङ । सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् । माओवादी केन्द्रका अम्बि साउदेनलाई १०२ मत अन्तरले पछि सावदेन विजयी भएकी हुन् । कुमारीले ३ सय ५३ मत प्राप्त गर्दा अम्बीले २ सय ५१ मत प्राप्त गरे । कुमारी र अम्बी चेली माइती पनि हुन् । नेपाली कांग्रेसका भिम लक्समले २ सय १८ मत पाए । १ हजार ५ सय २८ मतदाता..

माई खोलामा बगाएर ल्याउदै गरेको सखुवाको गोलिया बरामद

१७ मंसिर, झापा । झापाको शिवसताक्षीबाट प्रहरीले सखुवाको गोलिया काठ बरामद गरेको छ । तस्करहरूले माई खोलामा बगाएर ल्याउँदै गरेको सखुवाको गोलिया काठ प्रहरीले बरामद गरेको हो । शिवसताक्षी नगरपालिका–१० दोमुखास्थित माई खोलामा बगाएर ल्याउँदै गरेको अन्दाजी एक लाख २० हजार मूल्य बराबरको करिब ४० क्युफिट काठ प्रहरीले बरामद गरेको हो। अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले काठ फेला पारी आवश्यक कारबाहीको लागि गैँडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएको..

झापामा मागको एक तिहाइ मात्र बेसार उत्पादन

१६ मंसिर, झापा । झापामा उत्पादित बेसारले मागको ३० प्रतिशत मात्र माग धान्ने गरेको पाइएको छ । भान्सामा दिनहुँ प्रयोग हुने बेसार जिल्लामा उत्पादनका हिसाबले हेर्दा एक तिहाइ मात्र पूर्ति हुने कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । झापामा गत वर्ष दुई य ३० हेक्टरमा करिब एक हजार आठ सय ५६ टन बेसार उत्पादन भएको थियो । “उत्पादित बेसारलाई प्रशोधन गरेपछि झण्डै चार लाख किलो धुलो बेसार हुन्छ”,..

एकै दिन झापाका तिन ठाउँमा आगलागी

१६ मंसिर, झापा । झापाको तीन ठाउँमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक, अर्जुनधारा र झापा गाउँपालिकामा आगलागी भएको हो । गएराति १२.१५ बजे दमक – १ रवि स्ट्यान्ड बस्ने शिव राईको अढाई तले घरको भुइँतलामा किराना ,कस्मेटिक र खाद्यान्न पसल सञ्चालन गरेका ४३ वर्षीय रामकिशोर साहको पसलमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण किराना सामान, कस्मेटिक सामान, खाद्यान्न सामान, झ्याल, ढोका,..

राष्ट्रपतिसँग भेटेर प्रधानमन्त्रीले गराए चीन भ्रमणको जानकारी

१५ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले छलफल गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले पनि प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको उनको सचिवालयले बताएको छ । उनी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लिएर राष्ट्रपति पौडेललाई भेट्न पुगेका थिए । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदैछन् । उनले आफ्नो..

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

काठमाडौँ ।  जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । सोमबार प्रहरीले अधिकारीलाई श्रीमतीको जिम्मा लगाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । जापानमा आयोजित इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा अधिकारीसहित चार जना कात्तिक ११ गते जापान गएका थिए ।..

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

९ मंसिर, काठमाडौं । सहकारी ठगी प्रकरणमा पटक-पटक म्याद थपेर प्रहरी हिरासतमा राखिएका रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति प्राप्त भएको छ । म्याद थपको लागि लामिछानेलाई प्रहरीले कास्की जिल्ला अदालत पेश गरेको थियो । न्यायाधीश हिमलाल बेलवासेको इजलाशले १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । आज थपिएको म्याद पाँचौ पटकको हो । लामिछानेलाई तत्काल काठमाडौं ल्याउने तयारी छ । काठमाडौंबाटपनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको..

आत्मानन्द गोल्डकप आजबार सुरु हुँदै

माङसेबुङ । इलामको माङसेबुङमा १७औं संस्करणको आत्मानन्द गोल्डकप आज (आइतबार) सुरु हुँदैछ । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा अवसरमा प्रतियोगिता हुन लागेको हो । माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ फुटबल टिम सहभागी हुनेछन् । आयोजक आत्मपवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङ्बुहाङका अनुसार आयोजक युथ अफ माङसेबुङ, पाँचथरको तिजोक युवा क्लब, झापाको दूधे युथ क्लब, झापाकै चुलाचुली..

कम्बोडियामा सभामुख देवराज घिमिरेलाई ‘गार्ड अफ अनर’

९ मंसिर, काठमाडौं । कम्बोडियन संसदले सभामुख देवराज घिमिरेलाई ‘गार्ड अफ अनर’ दिएको छ । नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानुन पारित गरेको भन्दै सभामुख घिमिरेलाई कम्बोडियन संसदले गार्ड अफ अनर दिएको हो । सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् । भ्रमणका क्रममा सभामुख घिमिरेले कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका छन् । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको..

दमकमा हात्तीको आक्रमणमा परेर भण्डारीको मृत्यु

२ कार्तिक, झापा । जंगली हात्तीको आक्रमणमा परेर झापाको दमकमा आज विहान एक जना युवकको ज्यान गएको छ । ज्यान जानेमा दमक ३ स्थित दिपज्योति टोलका ४५ बर्षिय मीनबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज बिहानको राति २ बजेको समयमा दिपज्योती टोलका सुविन भट्टराईको भान्सा घर हात्तीले भत्काउन थालेपछि हात्ती धपाउन आएका छिमेकी भण्डारीको हात्तीको आक्रमणमा परेर ज्यान गएको हो । हात्ती धपाउन खोज्दा..