माई खोलामा बगाएर ल्याउदै गरेको सखुवाको गोलिया बरामद

माई खोलामा बगाएर ल्याउदै गरेको सखुवाको गोलिया बरामद


१७ मंसिर, झापा । झापाको शिवसताक्षीबाट प्रहरीले सखुवाको गोलिया काठ बरामद गरेको छ । तस्करहरूले माई खोलामा बगाएर ल्याउँदै गरेको सखुवाको गोलिया काठ प्रहरीले बरामद गरेको हो ।

शिवसताक्षी नगरपालिका–१० दोमुखास्थित माई खोलामा बगाएर ल्याउँदै गरेको अन्दाजी एक लाख २० हजार मूल्य बराबरको करिब ४० क्युफिट काठ प्रहरीले बरामद गरेको हो।

अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले काठ फेला पारी आवश्यक कारबाहीको लागि गैँडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर