भुटानका राजा जिग्मे काठमाण्डौँमा

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन गर्नुभएको छ । निजी भ्रमणका क्रममा काठमाडौं आएलगतै वाङचुकले स्वयम्भूनाथ मन्दिरमा पुगेर दर्शन र पूजाअर्चना गर्नुभएको हो । त्यस क्रममा उहाँले स्वयम्भूनाथ परिसरको अवलोकनसमेत गर्नुभयो। स्वयम्भूनाथ र बौद्धनाथको दर्शनका लागि राजा वाङचुक काठमाडौं आउनुभएको हो ।

दमक बिजनेस कम्प्लेक्सको निर्माण कार्य सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन हुने

२१ मंसिर, झापा । झापाको दमक ३ मा निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को उद्घाटन हुने भएको छ । स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योल सिर्जना भइरहेको समयमा यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो । आँउदो मङ्सिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम तय भएको..

इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँईचो, होटल र होमस्टे भरिभराउ

१९ मंसिर, इलाम ।  इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् । धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् । सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले..

झापामा दिर्घ रोगीको संख्या बर्षेनी बढ्दै

१९ मंसिर, झापा । झापामा पछिल्ला बर्षहरुमा नसर्ने रोगीको संख्यामा बृद्धी हुँदै गएको तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार गतआर्थिक वर्षमा नसर्ने रोग अघिल्लो आर्थिक वर्षभन्दा बढेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलका अनुसार झापामा उच्च रक्तचापका बिरामी धेरै रहेका छन् । गतआर्थिक २०८०।०८१ मा २३ हजार ९५० जना उच्च रक्तचापका विरामी फेला परेका थिए । अघिल्लो आर्थिक वर्ष २०७९।०८०को ३५ प्रतिशतले..

दक्षिण कोरियाका राष्ट्रपतिले आपतकालीन मार्शल लको घोषणा गरे,

    दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार रातिको एक अघोषित टिभी सम्बोधनमा मार्शल लको घोषणा गर्नुभयो, देशको प्रमुख विपक्षी दल उत्तर कोरियाप्रति सहानुभूति र राज्य विरोधी गतिविधिको आरोप लगाउँदै। पछिल्लो पटक दक्षिण कोरियाली राष्ट्रपतिले सन् १९८० मा विद्यार्थी र मजदुर संघको नेतृत्वमा भएको राष्ट्रव्यापी विद्रोहको क्रममा मार्शल लको घोषणा गरेका थिए।आश्चर्यजनक घोषणामा, उनले संसदमा बहुमत भएको विपक्षी डेमोक्र्याटिक पार्टीले शीर्ष अभियोजकहरूलाई महाभियोग लगाउन र सरकारी बजेट प्रस्ताव अस्वीकार..

सुपारी बिक्रि नहुदा झापाका किसान चिन्तित

१८ मंसिर, झापा । झापामा उत्पादन भएको सुपारीले बजार नपाउदा किसानहरु चिन्तित बनेका छन् । हरेक वर्ष व्यापारीहरुको भीडभाड हुने झापा मेचिनगरको सुपारी बगानमा यतिवेला सुनसान छ । भदौं अन्तिमदेखि असोज १५ सम्म बोटबाटै विक्री हुने सुपारी खरिद गर्न व्यापारीहरु देखा परेका छैनन् । फूल लाग्दै विक्री हुने सुपारी मंसिरको दोस्रो सातासम्म व्यापारी नआउँदा किसान चिन्तित बनेका छन् । झापामा ७० हजार परिवारको बगानमा सुपारी अलपत्र परेको छ । बगानमा..

झापाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र निर्माण हुँदै

१८ मंसिर, झापा । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत झापा जिल्लाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र धमाधम निर्माण भइरहेको छ । अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति र कनकाईको साझेदारीमा अर्जुनधारा नगरपालिका–१ मा निर्माणाधीन उक्त परियोजनाको कुल लागत रु पाँच करोड २० लाख रहेको छ । स्वीस सरकार र कोशी प्रदेश सरकारले परियोजनालाई सहयोग गरेका छन् । उक्त एकीकृत विपद् व्यवस्थापन केन्द्रमा प्रहरीको युनिटसहित चारवटा दमकल, एउटा शववाहन, प्रहरी वाहन र तीनवटा..

कोशी प्रदेशको नवनियुक्त आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भएका नेकपा एमालेका रेवतीरमण भण्डारीले शपथ लिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमा नियुक्त गरेसँगै उनलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी यस अघि संविधान सभा सदस्य समेत थिए । नेकपा एमालेको भागमा परेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीमा रहेका लीलावल्लभ अधिकारी जापान..

सिरिजङगा ३ को वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी

१७ मंसिर, ताप्लेजुङ । सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् । माओवादी केन्द्रका अम्बि साउदेनलाई १०२ मत अन्तरले पछि सावदेन विजयी भएकी हुन् । कुमारीले ३ सय ५३ मत प्राप्त गर्दा अम्बीले २ सय ५१ मत प्राप्त गरे । कुमारी र अम्बी चेली माइती पनि हुन् । नेपाली कांग्रेसका भिम लक्समले २ सय १८ मत पाए । १ हजार ५ सय २८ मतदाता..

माई खोलामा बगाएर ल्याउदै गरेको सखुवाको गोलिया बरामद

१७ मंसिर, झापा । झापाको शिवसताक्षीबाट प्रहरीले सखुवाको गोलिया काठ बरामद गरेको छ । तस्करहरूले माई खोलामा बगाएर ल्याउँदै गरेको सखुवाको गोलिया काठ प्रहरीले बरामद गरेको हो । शिवसताक्षी नगरपालिका–१० दोमुखास्थित माई खोलामा बगाएर ल्याउँदै गरेको अन्दाजी एक लाख २० हजार मूल्य बराबरको करिब ४० क्युफिट काठ प्रहरीले बरामद गरेको हो। अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले काठ फेला पारी आवश्यक कारबाहीको लागि गैँडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएको..