रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

९ मंसिर, काठमाडौं । सहकारी ठगी प्रकरणमा पटक-पटक म्याद थपेर प्रहरी हिरासतमा राखिएका रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति प्राप्त भएको छ । म्याद थपको लागि लामिछानेलाई प्रहरीले कास्की जिल्ला अदालत पेश गरेको थियो ।

न्यायाधीश हिमलाल बेलवासेको इजलाशले १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । आज थपिएको म्याद पाँचौ पटकको हो । लामिछानेलाई तत्काल काठमाडौं ल्याउने तयारी छ । काठमाडौंबाटपनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ । काठमाडौंपछि चितवन पुर्याउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर