ट्वान्टी–२० विश्वकप- डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड सुपर एटमा

२ असार । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड ट्वान्टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ। शनिबार राति भएको वर्षाले प्रभावित खेलमा नामिबियालाई  डकवर्थ लेविस पद्धति (डीएलएस) ४१ रनले पराजित गर्दै इंग्ल्यान्ड दुई महत्त्वपूर्ण अंक जोडेको थियो।

आइतबार बिहान समूह ‘बी’ को अन्तिम खेलमा अस्ट्रेलियाले  स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेसँगै इंग्ल्यान्ड सुपर एटमा पुगेको हो।

समूह ‘बी’मा अस्ट्रेलियाले शतप्रतिशत जितसहित आठ अंक जोड्यो। अस्ट्रेलियासँगै सुपर एटमा पुगेको इंग्ल्यान्डले चार खेलबाट पाँच अंक जोड्यो। समान खेलबाट स्कटल्यान्डले समान अंक जोडेपनि रनरेटमा पछि पर्‍यो।

इंग्ल्यान्डको रनरेट ३.६११ रहँदा स्कटल्यान्डको १.२५५ मात्रै रह्यो। दुई अंक जोडेको नामिबिया र अंकविहीन ओमान प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270