युरोकपको पहिलो खेलमै स्लोभाकियासँग बेल्जियम पराजित

४ असार । बेल्जियम युरोकपको पहिलो खेलमै स्लोभाकियासँग पराजित भएको छ। ड्यूश बैंक पार्कमा सोमबार राति भएको खेलमा बेल्जियम १-० गोलअन्तरले पराजित भएको हो। इभान श्रान्जले खेलको सातौं मिनेटमा गरेको गोल नै स्लोभाकियाको जितमा निर्णायक बन्यो। उनले जुराज कुक्काको पासमा गोल गर्का थिए। ५६औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले मान्यता दिएन। समूह ई कै अर्को खेलमा रोमानियाले युक्रेनलाई ३-० गोलअन्तरले पराजित गरेको छ। रोमानियाको जितमा पहिलो हाफमा..

टी–२० विश्वकपको सुपर ८ समीकरण पूरा

३ असार । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपको सुपर एट समीकरण पूरा भएको छ। पहिलो चरणबाट ८ टीम सुपर एटमा पुगेका छन् भने १२ टीम बाहिरिएका छन् । सुपर एटमा पुगेका टोलीलाई दुई वटा समूहमा बाँडिएको छ । भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश ग्रुप १ मा छन् । ग्रुप २ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान..

पोल्यान्डविरुद्ध नेदरल्यान्ड्सको २–१ को पुनरागमन जित

३ असार । नेदरल्यान्ड्सले युरोकपअन्तर्गत समूह डी को पहिलो खेलमा पुनरागमन जित हासिल गरेको छ। जर्मनीको भोक्सपार्क स्टेडियममा आइतबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले पोल्यान्डविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो। खेलमा १–० गोलले पछि परेको नेदरल्यान्ड्सका लागि कोडी गाक्पो र वाउट वेघोरएसडीले गोल गरे। पोल्यान्डका एडम बुक्साले गरेको पहिलो गोल सान्त्वना बन्यो। जितसँगै तीन अंक जोडेको नेदरल्यान्ड् समूह डी को शीर्ष स्थानमा रहेको छ। पराजित पोल्यान्ड भने पुछारमा छ। यस..

सन्दीप टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

३ असार । नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे । नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२..

बेलिङघमको गोलमा इंग्ल्याण्ड विजयी

३ असार । जुड बेलिङघमको गोल मदत्तमा इंग्ल्याण्ड सर्बियालाई १–० ले पराजित गर्दे युरो २०२४ मा विजयी सुरुआत गरेको छ। समूह सी अन्तर्गत आइतबार राति गेलसेनकिरचेन स्टेडियममा भएको खेलमा बेलिङघमहले १३औ मिनेटमा बुकायो साकाको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । २० वर्षीय बेलिङघमले साको प्रहार डिफ्लेक्ट हा त्यसमा हेड गोल गरेका थिए । कप्तान ह्यारी केन पनि गोल नजिक पुगेका थिए । तर, जारोड वावेनको क्रसमा केनको प्रहार सर्वियाका..

विश्वकपमा जितविहीन हुँदै बाहिरियो नेपाल

३ असार । नेपाल खराब ब्याटिङ गर्दै आईसीसी टी–२० विश्वकप २०२४ मा बंगलादेशसँग २१ रनले पराजित भएको छ। योसँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ ।बंगलादेश यस जितले ४ खेलमा ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ४० बलमा १ चौका र..

पदक विजेता खेलाडीहरूलाई नगदसहित सम्मान

२ असार । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा टङ्कलाल घिसिङले उनीहरूलाई सम्मानित गरेका हुन् । सो अवसरमा एसियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँसहित सम्मानित गरिएको छ । त्यस्तै, पारा एसियाली खेलकुदमा कांस्य पद जित्ने पलेसा गोवद्र्धनलाई १३ लाख रुपैयाँ प्रदान गरियो । यसैगरी एसियाली..

ट्वान्टी–२० विश्वकप- डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड सुपर एटमा

२ असार । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड ट्वान्टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ। शनिबार राति भएको वर्षाले प्रभावित खेलमा नामिबियालाई  डकवर्थ लेविस पद्धति (डीएलएस) ४१ रनले पराजित गर्दै इंग्ल्यान्ड दुई महत्त्वपूर्ण अंक जोडेको थियो। आइतबार बिहान समूह ‘बी’ को अन्तिम खेलमा अस्ट्रेलियाले  स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेसँगै इंग्ल्यान्ड सुपर एटमा पुगेको हो। समूह ‘बी’मा अस्ट्रेलियाले शतप्रतिशत जितसहित आठ अंक जोड्यो। अस्ट्रेलियासँगै सुपर एटमा पुगेको इंग्ल्यान्डले चार खेलबाट पाँच अंक जोड्यो। समान खेलबाट..

युरोकप- क्रोएसियामाथि स्पेनको जित

२ असार । स्पेनले युरोकपमा क्रोएसियामाथि एकपक्षीय जित हासिल गरेको छ। ओलम्पिक स्टेडियममा शनिबार राति सम्पन्न समूह बी को खेलमा स्पेन ३-० गोल अन्तरले विजयी भएको हो। अल्भारो मोराटा, फेबियन रुइज र ड्यानी कार्भाजले खेलको पहिलो हाफमै गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाएका थिए। ८०औं मिनेटमा क्रोएसियाका ब्रुनो पेटकोभिकले दुई पटक पेनाल्टी प्रहार गरे पनि सफल हुन सकेनन्। योसँगै क्रोएसियाले खेलमा गोलअन्तर कम गर्ने मौका गुमायो।

फिफा वरियतामा नेपाल ९८औं स्थानमा

१ असार । नेपाली महिला टोलीले फिफा वरियतामा दुई स्थान सुधार गरेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाल ९८औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १००औं स्थानमा थियो। दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ। नेपाल दोस्रो स्थानमा रहँदा बंगलादेश तेस्रोमा रहेको छ।