वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सहज जीत

६ असार । टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजित गरेको छ। वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो । लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे । वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले..

युरो २०२४- लगातार दोस्रो खेल जित्दै जर्मनी अन्तिम १६ मा

६ असार । आयोजकले जर्मनीले लगातार दोस्रो खेल खेल्दै युरो २०२४ को अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह ‘ए’अन्तर्गत बुधबार भएको खेलमा हंगेरीलाई २-० ले पराजित गर्द जर्मनी नकआउट चरण पुग्ने पहिलो टोली बनेको छ । दुई खेलबाट ६ अंकसहित जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा छ । स्टुटगार्ड एरेनामा भएको खेलमा जमाल मुसिएलाले २२औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । त्यसपछि कप्तान इल्के गुन्डागोनले..

युवा तथा खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून

५ असार । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय माथिको छलफलमा भाग लिँदै सांसद पुष्पबहादुर शाहीले युवा तथा खेलकुद मन्त्रालयको कूल बजेटको एक प्रतिशत पनि नपुग्ने बताएका छन्। युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले भने, “एक प्रतिशत एकदमै न्यून बजेट हो, चालु खर्च बढाउने प्रवृत्तिले यो बजेटमा खेलकुद पूर्वाधार निर्माण, खेलाडीको क्षमता वृद्धि विकासलाई..

आईसीसी टी-२० अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी छैटौं स्थानमा उक्लिए

५ असार । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन्। आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए । वरियता सुधार्ने क्रममा दीपेन्द्रले भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई समेत उछिनेका छन् । आइसीसीले जारी गरेको वरियताअनुसार अष्ट्रेलियाका मार्कस स्टोनिस विश्व अलराउन्डर वरियतामा एक स्थान सुधार गर्र्दै पहिलो स्थानमा उक्लिएका छन् ।..

भरतले पेरिस पारालिम्पिक खेल्ने

५ असार । नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत् पेरिस पारालिम्पिकका लागि छनोट भएका हुन् । विश्व तेक्वान्दोले मंगलबार नेपाल पारालिम्पिक कमिटीलाई पत्र पठाएर भरतको सहभागिता निश्चित गरेको हो । भरतले पेरिस पारालिम्पिकमा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा  प्रतिस्पर्धा गर्नेछन् । यो तौलसमूहमा जम्मा १२ खेलाडी रहने  छन् । छनोट हुने भरत अन्तिम खेलाडी हुन्..

दोस्रो जितको लक्ष्यमा जर्मनी

५ असार । घरेलु मैदानमा भइरहेको युरो २०२४ मा जर्मनीले बुधबार हंगेरीसँग आफ्नो दोस्रो खेल खेल्दैछ । समूह ए मा रहेको जर्मनी लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ । जर्मनी र हंगेरीबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे स्टुटगार्ड एरेनामा हुनेछ । जर्मनीले पहिलो खेलमा स्कटल्याण्डलाई ५-१ ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । त्यही प्रदर्शनलाई निरन्तरता दिने योजनामा आयोजक जर्मनी छ । उता..

रोहितसँग झगडा गर्ने तान्जिम आईसीसीको कारबाहीमा

५ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ। आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ । सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो । ओपनर कुशल..

पोर्चुगलको पुनरागमन जित

५ असार । फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले युरो २०२४ को पहिलो खेलमा चेक रिपब्लिक विरुद्ध २-१ को पुनरागमन जित निकालेको छ। लाइपजिग स्थित रेडबुल एरेनामा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगतार छैटौं संस्करण युरो खेल्दै कीर्तिमान बनाउँदा पोर्चुगलले विजयी सुरुआत गर्‍यो । सन् २०१६ को च्याम्पियन विजेता पोर्चुगलले फेरि उपाधि जित्ने लक्ष्यमा छ । खेलमा अग्रता भने चेकले पहिले लिएको थियो । ६२औं मिनेटमा लुकास प्रोभोडले..

४ ओभरमा कुनै रन नखर्ची फर्गुसनले लिए ३ विकेट

४ असार । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनको अविश्वसनीय बलिङ प्रदर्शन गरेका छन्। जारी टि-२० विश्वकपमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध न्युजिल्यान्डका फर्गुसनले अविश्वसनीय बलिङ प्रदर्शन गरेका हुन् । गएराति भएको खेलमा उनले ४ ओभर बलिङ गर्दै कुनै पनि रन नखर्ची ३ विकेट लिएका हुन् । उनले गरेको बलिङको २४ बलनै डट भएको हो । उक्त खेलमा पीएनजी १९ ओभर ४ बलमा ७८ रनमा समेटिएको थियो । न्युजिल्यान्ड ७ विकेटले..

साहिल चौहान बने टी-२० आईमा छिटो शतक बनाउने खेलाडी

४ असार । एस्टोनियाका खेलाडी साहिल चौहानले टी–२० आईमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमानी आफ्नो नाममा बनाएका छन् । उनले साइप्रसविरुद्ध २७ बलमा शतक पूरा गर्दै सबैभन्दा छिटो शतकको कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् । साइप्रसविरुद्ध साहिल ४१ बलमा ६ चौका र १८ छक्कासहित १४४ रनमा अविजित रहे । उक्त खेलमा एस्टोनिया ६ विकेटले विजयी भएको थियो । यसअघि उक्त कीर्तिमान नामिबियाका लोफ्टी इटनको नाममा थियो । उनले गत फेब्रुअरीमा..