नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर गुमायो

नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर गुमायो

१ असार । आईसीसी टी–२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ।

अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर–८ मा पुग्ने टोलीलाई २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर थियो। समूह डी मा रहेको नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर–८ को सम्भावना समाप्त भएको हो ।

भारत र श्रीलंका आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् । सुपर–८ मा पुग्ने भारत बाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान बनाउने छन् । सुपर ८ बाहेक आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् ।

आईसीसीको टी–२० आई वरीयतामा नेपाल १८औं स्थानमा छ । वरीयताबाट पनि सोझै विश्वकप खेल्ने सम्भावना नभएसँगै नेपालले एसिया छनोट खेल्नेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर